छ करोडको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण  « Khabarhub

छ करोडको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण 


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– मलङ्गवा नगरपालिका–२ मा करिब छ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत निर्माण भएको बसपार्क चाँडै नै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। 

उनका अनुसार हाल मलङ्गवा–९ मा रहेको पुरानो बसपार्कबाट बसहरू सञ्चालनमै रहेका र चाँडै नै नयाँ बसपार्कबाट बस सञ्चालन हुने बताइएको छ । नयाँ बसपार्क निर्माण भएको करिब छ महिना भइसकेको भए पनि सञ्चालनका लागि समन्वय भइरहेको र चाँडै नै सबै पक्षसँग समन्वय गरी सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारीसाधनको चाप बढेका कारण नयाँ बसपार्कको निर्माण गरिएको हो । टर्मिनल भवनसहित निर्माण गरिएको उक्त सुविधा सम्पन्न बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नगरपालिका र मलङ्गवा यातायात सेवा प्रालिसँग आवश्यक समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकामसमेत रहेको मलङ्गवामा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा निकै ठूलो समस्या देखिएको थियो । बजारको बीचमा रहेको जनसागर बजारमा रहेको पुरानै बसपार्कमा यात्रुबाहक सवारीसाधन पार्किङ गरी त्यहीँबाट सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिमसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १२ : २९ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई