रुसी गोलाबारीका कारण युक्रेनमा चार जनाको मृत्यु « Khabarhub

रुसी गोलाबारीका कारण युक्रेनमा चार जनाको मृत्यु


२ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा रुसी गोलाबारीमा चार जनाको मृत्यु भएको छ । रुसी आक्रमणमा अरु २० जना घाइते भएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच युक्रेनको पश्चिमी शहर लभिभमा भेटवार्ता हुनु केही घण्टा अगाडी आक्रमण भएको थियो ।

खार्किभमै एकदिन अगाडी भएको रुसी आक्रमणमा परी कम्तीमा सात जनाको ज्यान गएको थियो । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले फेबु्रअरीको अन्त्यदेखि लगातार गोलाबारी गर्दै आएको छ ।

रुसी सेनाले स्थानीय समयानुसार बिहीबार बिहान ४ः३० बजे शहरको पश्चिमी र उत्तरी जिल्लाहरूमा रुसी क्षेत्रबाट आठ क्षेप्यास्त्र प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभले बताएका छन् ।

यस आक्रमणमा धेरै भवनहरू जलेका र सवारी साधनहरु ध्वस्त भएर टुक्रा टुक्रा भएका भग्नावशेष देखको घटनास्थल पुगेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका पत्रकारहरुले जानकारी दिएका छन् ।

रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा सुरुमा नै खार्किभलाई कब्जा गर्ने प्रयास गरेका थिए ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ४ : ३८ बजे

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका