कञ्चनपुरमा बढ्यो चुनावी सरगर्मी « Khabarhub

कञ्चनपुरमा बढ्यो चुनावी सरगर्मी


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- नेपाली कांग्रेस कञ्चनपुरका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक एक सातायता आफ्नो निर्वाचन क्षेत्रको दोधारा चादँनीमा चुनाव केन्द्रीय अभियानमा सक्रिय छन्।

अघिल्लो निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टसित झिनो मतान्तरले पराजित भएका नेता लेखक यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी छन्। बुधबार नेता लेखकले दोधारा चादँनी नगरपालिकाको वडास्तरमा नेता तथा कार्यकर्तालाई राखेर चुनाव केन्द्रीय अभियानमा हुँदा एमालेका सांसद डा भट्ट, सांसद निरु पाल लगायतका एमाले नेता पार्टी कार्यालय महेन्द्रनगरमा प्रशिक्षणमा व्यस्त थिए ।

तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कम्युनिष्ट पार्टी फुटेपछि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा जीत सहजै हासिल गर्ने दाउमा रहेको नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी प्रतिपक्षी दल एमाले नै हो । हालसम्मको चर्चाअनुसार निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र) का नेत्री एवं पूर्व मन्त्री बिना मगर सत्ता गठबन्धनको साझा उम्मेदवार हुने र चुनावी जित्ने रणनीतिमा छन्।

यस्तै सो क्षेत्रमा संविधानसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता दिवान विष्ट सोही निर्वाचन क्षेत्रमा लड्ने अडान कार्यकर्ता माझ राख्दै आएका छन्। कांग्रेस, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजावादी) ले भने यहाँ प्रतिनिधिसभामा भाग पाउने सम्भावना कम रहेको नेताको भनाइ छ । त्यो अवस्थामा समाजवादीले छ वटा प्रदेशसभा सदस्यमा बहुमत सदस्य माग गठबन्धनमा गर्ने समाजवादीका नेताको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको एकीकृत समाजवादी केही वडाध्यक्षमै समिति रहेको थियो । यसैगरी यहाँको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नारायणप्रकाश साउद निर्वाचन लक्षित कार्यक्रममा खटिएका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति हरिप्रसाद बोहराले पनि दाबी गर्न थालेका छन्।

अघिल्लो पटक एमालेका नेता प्रतिनिधिसभा सदस्य नरबहादुर धामीसँग पराजित भएका कांग्रेस नेता साउद गठबन्धन भए भारी मतका साथ विजयी हुने नेताहरूको दाबी छ । एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उक्त क्षेत्रबाट धामी दोहोरिने चर्चा छ । सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँडको टुङ्गो लागि नसकेको अवस्थामा माओवादी केन्द्र र समाजवादीका नेता भने निर्वाचन क्षेत्रमा खटिनसकेको अवस्था छ ।

कञ्चनपुरमा स्वतन्त्र उम्मेदवारी दिने विषय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा प्रचार गरिरहेका भए पनि निर्वाचन क्षेत्र केन्द्रित भने देखिएका छैनन् । एमालेका पार्टी सचिव पल्लवराज भट्टले निर्वाचन केन्द्रित प्रशिक्षण चलिरहेको बताए। उनले पालिकास्तरमा पार्टी सुदृढीकरणलगायतका विषयमा जिल्लाभर कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। “केन्द्रको सर्कुलरअनुसार उम्मेदवार छनोट प्रक्रियामा लाग्छौँ”, सचिव भट्टले भने, “अहिले प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ ।”

त्यसैगरी नेपाली कांग्रेसका उपसभापति मीनबहादुर सिंहले जिल्लामा नेता आ–आफ्नो निर्वाचन क्षेत्रमा आफ्नै किसिमले सक्रिय रहेको बताए। उनले आगामी भदौ १० बाट २४ गतेसम्म निर्वाचन क्षेत्र लक्षित देशव्यापी अभियान सञ्चालन हुने जानकारी दिए। उनले भने, “केन्द्रको कार्यक्रमअनुसार यहाँ पनि निर्वाचन क्षेत्रमा घरदैलो लगायतका पार्टीका आधिकारिक कार्यक्रम सञ्चालन हुनेछन् ।”

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : २१ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई