न्युजिल्यान्डमा सुटकेसभित्र बालबालिकाको अवशेष फेला | Khabarhub Khabarhub

न्युजिल्यान्डमा सुटकेसभित्र बालबालिकाको अवशेष फेला


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्युजिल्यान्डको साउथ अकल्याण्डस्थित एक भण्डारण एकाइमा पुराना सामानको लिलामीका लागि आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डिटेक्टिभ इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पूरानो सामानहरूको भण्डारमा फेला परेको बताए । न्युजिल्यान्ड हेराल्डका अनुसार प्रारम्भिक सङ्केतका आधारमा टोलीले ती मृत बालबालिकाको शव फेला पार्नुअघि कैयौँ वर्षदेखि सुटकेसभित्रै रहेको हुनसक्ने अनुमान गरिएको थियो ।

वाएलुआले यो खबरले समुदायलाई निकै दुःखी तुल्याउने आफूले बुझेको टिप्पणी गरे ।

प्रहरी अझै पनि अनुसन्धानको प्रारम्भिक चरणमा रहेको उनको भनाइ छ । “तर ती बच्चाहरूको अवशेष धेरै वर्षदेखि सुटकेसमा रहेको हुनसक्ने देखिन्छ,” उनले भने ।

“प्रहरीले भण्डारण एकाइको भाडाको सन्दर्भमा ‘अनुसन्धानको सकारात्मक सङ्केतहरू’ पछ्याइरहेको छ,” वाएलुआले भने । ती बालबालिका ५ देखि १० वर्ष उमेर समूहका रहेको र उनीहरुको मृत्यु कहिले र कहाँ भएको हो भन्ने पत्ता लगाउन प्रहरीले काम गरिरहेको प्रहरीको गुप्तचर निकायले जनाएको छ ।

“म के भन्न सक्छु भने हामीले डिएनए जाँचमा घटनासँग सम्बन्धित निकै राम्रा सङ्केतहरू प्राप्त गरिरहेका छौं,” उनले भने ।

घटनाबारे थप जानकारी दिँदै वायलुआले क्यानभासिङ र सीसीटीभी सङ्कलन गरिरहेको बताएका छन् । यद्यपि, घटना निकै पूरानो हुनसक्ने भएका कारण अनुसन्धान चुनौतीपूर्ण बनेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

“हामी अनुसन्धानलाई निष्कर्षमा पु¥याउन र यी साना केटाकेटीलाई के भयो भनेर पत्ता लगाउन सक्दो प्रयास गरिरहेका छौं । यो कुनै सजिलो अनुसन्धान होइन ।” उनले भने ।

उनले पत्रकारका धेरै प्रश्नको जवाफ दिन अस्वीकार गर्दै यसबाट अनुसन्धानमा अन्यथा हुनसक्ने बताएका छन् । मृतकका आफन्तहरु न्युजिल्याण्डमा रहेको उनले बताए ।

प्रहरीका अनुसार मोनक्रिफ एभे हाउसमा बस्ने मानिसहरूले गत बिहीबार ‘आफ्नो ठेगानामा स्वामित्व नभएको सम्पत्ति’ ल्याएका थिए । यद्यपि उनीहरु घटनामा संलग्न नरहेको प्रहरीले जनाएको छ ।

परिवारले अनलाइन लिलामीको एक भागको रूपमा भण्डारण लकरको सामग्री किनेको र खरीदको भागको रूपमा सुटकेसहरूमा अवशेषहरू फेला पारेको बुझिएको छ ।

सप्ताह अन्तमा फोरेन्सिक कामदारहरूले घटनास्थलको जाँच गर्दा घरमा प्रहरी घेराबन्दी गरिएको थियो ।

यस हप्ताको सुरुमा प्रहरीले ठेगाना छोडेको थियो तर ड्राइभवेमा ठूला धातुका ढोकाहरू बन्द गरिएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ३५ बजे

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको

सन्दीपले सफाइ पाउँदा स्वागतसँगै सुनियो विरोधको चर्को स्वर, कसले के भने ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा बुधबार

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं– राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ