न्युजिल्यान्डमा सुटकेसभित्र बालबालिकाको अवशेष फेला « Khabarhub

न्युजिल्यान्डमा सुटकेसभित्र बालबालिकाको अवशेष फेला


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्युजिल्यान्डको साउथ अकल्याण्डस्थित एक भण्डारण एकाइमा पुराना सामानको लिलामीका लागि आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डिटेक्टिभ इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पूरानो सामानहरूको भण्डारमा फेला परेको बताए । न्युजिल्यान्ड हेराल्डका अनुसार प्रारम्भिक सङ्केतका आधारमा टोलीले ती मृत बालबालिकाको शव फेला पार्नुअघि कैयौँ वर्षदेखि सुटकेसभित्रै रहेको हुनसक्ने अनुमान गरिएको थियो ।

वाएलुआले यो खबरले समुदायलाई निकै दुःखी तुल्याउने आफूले बुझेको टिप्पणी गरे ।

प्रहरी अझै पनि अनुसन्धानको प्रारम्भिक चरणमा रहेको उनको भनाइ छ । “तर ती बच्चाहरूको अवशेष धेरै वर्षदेखि सुटकेसमा रहेको हुनसक्ने देखिन्छ,” उनले भने ।

“प्रहरीले भण्डारण एकाइको भाडाको सन्दर्भमा ‘अनुसन्धानको सकारात्मक सङ्केतहरू’ पछ्याइरहेको छ,” वाएलुआले भने । ती बालबालिका ५ देखि १० वर्ष उमेर समूहका रहेको र उनीहरुको मृत्यु कहिले र कहाँ भएको हो भन्ने पत्ता लगाउन प्रहरीले काम गरिरहेको प्रहरीको गुप्तचर निकायले जनाएको छ ।

“म के भन्न सक्छु भने हामीले डिएनए जाँचमा घटनासँग सम्बन्धित निकै राम्रा सङ्केतहरू प्राप्त गरिरहेका छौं,” उनले भने ।

घटनाबारे थप जानकारी दिँदै वायलुआले क्यानभासिङ र सीसीटीभी सङ्कलन गरिरहेको बताएका छन् । यद्यपि, घटना निकै पूरानो हुनसक्ने भएका कारण अनुसन्धान चुनौतीपूर्ण बनेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

“हामी अनुसन्धानलाई निष्कर्षमा पु¥याउन र यी साना केटाकेटीलाई के भयो भनेर पत्ता लगाउन सक्दो प्रयास गरिरहेका छौं । यो कुनै सजिलो अनुसन्धान होइन ।” उनले भने ।

उनले पत्रकारका धेरै प्रश्नको जवाफ दिन अस्वीकार गर्दै यसबाट अनुसन्धानमा अन्यथा हुनसक्ने बताएका छन् । मृतकका आफन्तहरु न्युजिल्याण्डमा रहेको उनले बताए ।

प्रहरीका अनुसार मोनक्रिफ एभे हाउसमा बस्ने मानिसहरूले गत बिहीबार ‘आफ्नो ठेगानामा स्वामित्व नभएको सम्पत्ति’ ल्याएका थिए । यद्यपि उनीहरु घटनामा संलग्न नरहेको प्रहरीले जनाएको छ ।

परिवारले अनलाइन लिलामीको एक भागको रूपमा भण्डारण लकरको सामग्री किनेको र खरीदको भागको रूपमा सुटकेसहरूमा अवशेषहरू फेला पारेको बुझिएको छ ।

सप्ताह अन्तमा फोरेन्सिक कामदारहरूले घटनास्थलको जाँच गर्दा घरमा प्रहरी घेराबन्दी गरिएको थियो ।

यस हप्ताको सुरुमा प्रहरीले ठेगाना छोडेको थियो तर ड्राइभवेमा ठूला धातुका ढोकाहरू बन्द गरिएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ३५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक