बिदाको समयमा पनि निर्वाचन आयोगका कार्यालय खुला रहने « Khabarhub

बिदाको समयमा पनि निर्वाचन आयोगका कार्यालय खुला रहने


२ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म आयोगको सचिवालय काठमाडौँ, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय सार्वजनिक बिदाका दिनमा समेत खुला रहने जानकारी गराएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्यहरू नियमितरूपमा सम्पादन गरी निर्धारित मितिमा नै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न, गराउन बिदाको समयमा कार्यालय खुला रहने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ७ : ४८ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी