‘प्रादेशिक संरचना संघीयताको मेरुदण्ड’ « Khabarhub

‘प्रादेशिक संरचना संघीयताको मेरुदण्ड’


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मुलुकमा तीनै तहको सरकारको आवश्यकता रहेको बताए  । उनले तत्काल प्रादेशिक संरचना खारेजीको माग गर्न नहुने बताए  । आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रादेशिक संरचना सङ्घीयताको मेरुदण्डको रुपमा रहेको बताए । मन्त्री खनालले यस संरचनालाई सिर्जनात्मक रुपमा अगाडि बढाउन कानुनहरू परिमार्जन गर्दै लैजानुपर्ने भएकाले आफूहरू त्यसमै सक्रिय भइरहेको बताए ।

प्रदेश सरकारले जारी गरेको अध्यादेश तथा कानुन निर्माणको अवस्थाबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गरिएको बताउँदै मन्त्री खनालले प्रदेश सरकारबारे टिप्पणी, मूल्याङ्कन र आलोचना गर्ने समय भइनसकेको स्पष्ट पारे ।

प्रदेशमा विभिन्न मन्त्रालयका सचिव प्रदेशकै ११ औँं तहका कर्मचारीलाई बनाउने गरी कानुन ल्याइएको र तत्काल कार्यान्वयन गर्ने मन्त्री खनालको भनाइ छ । प्रदेश सरकारले ल्याएको अध्यादेशमा ११ औँ तहका कर्मचारी सचिव हुने उल्लेख रहेको उनले बताए । अब त्यसैअनुसार कार्यान्वयन गर्ने उनको भनाइ छ । सरकारले ल्याएको अध्यादेश अब बस्ने संसद्को पहिलो बैठकमा पेस गरिने मन्त्री खनालले जनाए  ।

प्रदेश सरकारले हालसम्म ५७ वटा ऐन बनाइसकेको छ ।  त्यसमा १४ वटा संशोधन भएको छ । हालसम्म सरकारले १० वटा अध्यादेश जारी गरेकामा चारवटा प्रदेशसभाबाट प्रतिस्थापन भइसकेको उनले बताए । प्रदेश सरकारले हालसम्म संशोधनसहित एक सय ७३ वटा कानुन निर्माण गरेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ५९ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी

अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो

ओली–बालेनको छायाँमा परेका झापा-५ का अरु उम्मेदवार के गर्दैछन् ?

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित

रवि र बालेनलक्षित प्रचण्डको टिप्पणी : स्टन्टबाजहरूले घण्टी बजाएर केही हुनेवाला छैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले सामाजिक