तत्कालै प्रदेश १ को नामकरण हुने सम्भावना टर्‍यो : मन्त्री राई « Khabarhub

तत्कालै प्रदेश १ को नामकरण हुने सम्भावना टर्‍यो : मन्त्री राई


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राई (पासाङ)ले प्रदेश सरकारको चालु कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टरेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल खोटाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धनकारतर्फबाट प्रदेश नामकरणका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्‍याउन सक्ने अवस्था नभएकाले यो कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टर्दैगएको बताएका हुन् ।

एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषयमा दलबीचमा मतभेद हुँदा पाँच वर्षसम्म प्रदेशको नामकरणले किनारा पाउन नसकेको मन्त्री राईको भनाइ थियो । मन्त्री राईले प्रदेशको पहिचान सहितको नामकरणमा एमालेको साथ नहुने भएकाले वर्तमान गठबन्धन सरकारले मात्र नामकरण गर्न सक्ने अवस्था नभएको बताए ।

‘प्रदेशको नाम ल्याउनुपर्छ भन्ने छ तर गठबन्धनलाई ५० सांसदको समर्थन चाहिन्छ । त्यसका लागि एमालेको साथ चाहिन्छ । एमाले कोसीभन्दा दायाँबायाँ गर्नुहुन्न भन्ने पक्षमा छ,’ मन्त्री राईले भने, ‘यही कारण सम्भवतः यो कार्यकालमा प्रदेशको नाम आउने देखिन्न ।’

मन्त्री राईले निवर्तमान मुख्यमन्त्री शेरधन राईले चाहेको भए यसअघि नै प्रदेशले नाम पाइसकेको अवस्था हुने उल्लेख गरे । तर, ओलीको निर्देशनमा शेरधनले पहिचान सहितको नामकरण गर्न नसकेको टिप्पणी गरे । मन्त्री राईले आसन्न प्रदेश र संघीय निर्वाचनमा पहिचान विरोधीलाई चिनेर मत दिनुपर्ने बताएका छन् ।

प्रदेश १ मा एमालेको ३९, कांग्रेसको २१, माओवादी केन्द्रको १५, एकीकृत समाजवादीका १०, जसपाको ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना सांसद छन् । नामाकरणकालागि दुई तिहाइ बहुमत अर्थात् ६२ सांसदको समर्थन चाहिन्छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ८ : २५ बजे

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि