प्रतिबन्धित औषधिसहित धनुषाबाट युवक पक्राउ « Khabarhub

प्रतिबन्धित औषधिसहित धनुषाबाट युवक पक्राउ


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा प्रहरीले एक लाखभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै नगराइन नगरपालिका ३ फुलगामा बस्ने २० बर्षीय पंकज साह छन् ।

साहलाई जनकपुरधाम उपमहानगरपालिका(७ जिरोमाइलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । साहको साथबाट ९३ हजार २०६ मूल्य बराबरको रेजोस डिएसआर क्याप्सुल २९२ पता, २१ हजार ७१२ मूल्य बराबरको पेन्टोग आइटी डिएसआर ५९ पता, ४ हजार २८६ मूल्य बराबरको लिभ–सेट–५ लेखिएको औषधि ४७ पता र १ हजार ६७२ मूल्य बराबरको सेट्रिजाइर हाइड्रोक्लोराइड आइपी लेखिएको ११ पता औषधि बरामद भएको प्रहरीको भनाइ छ ।

साहलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग वीरगंज पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ९ : ०१ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र