लेवान्डोस्कीको चम्कदा बार्सिलोनाको सहज जित « Khabarhub

लेवान्डोस्कीको चम्कदा बार्सिलोनाको सहज जित


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १० खेलाडीमा सीमित इल्चेलाई ३-० ले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा मेम्पिस डिपाएले एक गोल गरे। खेलको १४औं मिनेटमा गोन्जालो भर्डुले रातो कार्ड पाउँदै मैदान छोडेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो।

घरेलु टिमका लागि रोवर्ट लेवान्डोवस्कीले ३४औं मिनेटमा अग्रता दिलाएका थिए। यस्तै, ४१औं मिनेटमा मेम्फिस डिपेले बार्सिलोनाको अग्रता दोब्बर पारे। ४८औं मिनेटमा लेवान्डोवस्कीले नै बार्सिलोनाका लागि तेस्रो गोल गरे।

यसै सिजन बायर्न म्युनिखबाट क्याम्प नोउ भित्रिएका लेवान्डोवस्कीले बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरी गरेको यो ११औं गोल हो।

बार्सिलोना यो सिजन घरेलु लिगमा अझै अपराजित छ। जितसँगै ६ खेलबाट १६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो। यद्यपि, एक अंकले मात्र दोस्रो स्थानमा रहेको रियल मड्रिडले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ८ : ४८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि