लेवान्डोस्कीको चम्कदा बार्सिलोनाको सहज जित « Khabarhub

लेवान्डोस्कीको चम्कदा बार्सिलोनाको सहज जित


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १० खेलाडीमा सीमित इल्चेलाई ३-० ले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा मेम्पिस डिपाएले एक गोल गरे। खेलको १४औं मिनेटमा गोन्जालो भर्डुले रातो कार्ड पाउँदै मैदान छोडेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो।

घरेलु टिमका लागि रोवर्ट लेवान्डोवस्कीले ३४औं मिनेटमा अग्रता दिलाएका थिए। यस्तै, ४१औं मिनेटमा मेम्फिस डिपेले बार्सिलोनाको अग्रता दोब्बर पारे। ४८औं मिनेटमा लेवान्डोवस्कीले नै बार्सिलोनाका लागि तेस्रो गोल गरे।

यसै सिजन बायर्न म्युनिखबाट क्याम्प नोउ भित्रिएका लेवान्डोवस्कीले बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरी गरेको यो ११औं गोल हो।

बार्सिलोना यो सिजन घरेलु लिगमा अझै अपराजित छ। जितसँगै ६ खेलबाट १६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो। यद्यपि, एक अंकले मात्र दोस्रो स्थानमा रहेको रियल मड्रिडले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ८ : ४८ बजे

बानेश्वरमा कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौँ – गगन थापा नेतृत्वको आधिकारिक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा

‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’

एजेन्सी- संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले लेबनानी

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर