बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा « Khabarhub

बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेसलिगाको नयाँ सिजन २०२२/२३ मा साविक विजेता बायर्न म्युनिखले पहिलो हार बेहोरेको छ। बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्न आक्सबर्गसँग १-० ले स्तब्ध बन्यो।

घरेलु मैदानमा आक्सबर्गलाई जित दिलाउन ५९औं मिनेटमा मर्जिम बेरिसाले निर्णायक गोल गरे। यसअघि घरेलु लिगमा लगातार तीन बराबरी खेलेको बायर्नले युइएफए च्याम्पियन्स लिगमा भने स्पेनिस क्लब बार्सिलोनालाई २-० ले पराजित गरेको थियो।

यो हारसँगै बायर्नले शीर्ष स्थानका बोरुसिया डर्टमन्डको अंक दुरी कम गर्ने सुनौलो मौका गुमायो। बायर्नले लिगमा सात खेलबाट १२ अंक जोडेको छ। जुन शीर्ष स्थानका डर्टमन्डभन्दा तीन अंक पछि हो।

लिगअन्तर्गत शनिबारै भएको खेलमा डर्टमन्डले साल्केलाई १-० ले पराजित गर्यो। डर्टमन्डको जितमा युसोउफा मोउकोकोले निर्णायक गोल गरे। जितसंगै डर्टमन्ड १५ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ०३ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा