बाँकेका अधिकांश खानेपानी आयोजना अलपत्र | Khabarhub Khabarhub

बाँकेका अधिकांश खानेपानी आयोजना अलपत्र


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँके जिल्लामा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन्। निर्माणाधीन आयोजनामध्ये चार-पाँच आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेका अनुसार यस वर्षको अन्तिमसम्म कम्तीमा आठ-१० खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। उपभोक्ताको मागका आधारमा नभएर नेता र सांसदको दबाबमा माथिबाटै योजनाहरू थपिँदा समस्या भएको उनले बताए।

धेरै वर्षदेखि खानेपानीमा काम गरे पनि बाँकेमा थुप्रै चुनौतीहरू रहेकाले यी आयोजनाहरूले पूर्णता पाउन नसकेको जनाउँदै उनले भने, ‘बर्सेनि बजेट घट्दो छ तर, माग बढ्दोछ, गत वर्षको तुलनामा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएको छ। माग बढ्दो छ। यस्तै अवस्था रह्यो, भने २०३० मा सबैका घरमा पानी पुर्‍याउने लक्ष्य पूरा हुन गाह्रो छ।’

उहाँले आफूहरूले नचाहँदा नचाहँदै पनि योजना थपिने गरेको सुनाए। प्रमुख न्यौपानेले योजनाको सङ्ख्या बढ्दै गर्दा बजेट पनि घटिरहेको जानकारी दिए। उनका अनुसार जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधीन रहेको छ।

जिल्लामा १५ प्रतिशत घरधुरीले पाइप प्रणालीको पानी खाने गरेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जिल्लाका १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका हुन्। बाँकी ८५ प्रतिशत घरधुरीका जनताले ह्यान्ड पम्प, कुवा, इनारको पानी पिउने गरेका छन्। यसरी पानी खाने जिल्लाका १४ हजार एक सय ३० घरधुरी छन्। सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने दिगो विकास लक्ष्य राखिएको छ।

कार्यालयले जिल्लामा ७५ खानेपानीका योजनामा काम गरिरहेको जनाएको छ। गत वर्ष खानेपानीमा रु २४ करोड खर्च भएको जनाइएको छ। ती योजना भने कुनै पनि सम्पन्न भएका छैनन्। एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा हात हाल्ने प्रवृत्तिले समयमा काम हुन सकेको जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ४७ बजे

युगाण्डामा जारी चार देशीय सिरिजमा नेपालको तेस्रो हार

 काठमाडौं – नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय

पश्चिम नेपालका डिलरसँग टीसीएल नेपालको भेट, उत्पादनको प्रदर्शनी र व्यावसायिक छलफल

काठमाडौं– टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा

अमेरिकाले स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाउने

एजेन्सी – संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल

नागरिक उड्डयन प्राधिकरण फुटाउने प्रक्रियाको विरोधमा कर्मचारी संगठन

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने विषयमा कर्मचारी प्राधिकरणमा

भारतको आर्थिक सहयोगमा इनरुवामा निर्माण हुने विद्यालय भवन शिलान्यास

सुनसरी- भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको सुनसरीको इनरुवास्थित