‘आगामी निर्वाचनबाट कांग्रेसले सरकार चलाउने म्यान्डेट पाउँछ’ « Khabarhub

‘आगामी निर्वाचनबाट कांग्रेसले सरकार चलाउने म्यान्डेट पाउँछ’


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आम मतदाताले संसद् विघटन गर्नेलाई नभई कांग्रेसलाई मत दिने दाबी गरेका छन्।

पिता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले आसन्न निर्वाचनबाट नेपाली कांग्रेसले नै ‘म्यान्डेट’ पाउने दाबी गरे।

संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहले बताएका छन्। सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँडबारे भइरहेकाले छलफलले छिट्टै निकास पाउने उनको भनाइ छ। ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ’, उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’

गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता सिंहले नेपाली राजनीतिमा गणेशमान सिंहको योगदानको चर्चा गरे। गणेशमान सिंहले देखाएको बाटो हिँड्न सके मात्र लोकतन्त्र बलियो हुने उनले सुनाए।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : १७ बजे

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । उनलाई शुक्रबार

डोजर रोक्न माग गर्दै सुकुम्बासीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू?

काठमाडौं– सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

महेन्द्रनगर– मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको

काठमाडौंमा दुई प्रतिशत वास्तविक सुकुम्वासी, अरू ‘हुकुमबासी’

काठमाडौं– भूमि समस्या समाधान आयोगमा वैशाख १० गते बिहीबारसम्म काठमाडौं

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती