निलम्बित प्रधानन्यायाधीश जबरा फर्किन लागेपछि सर्वोच्च परिसरमा प्रहरी परिचालन « Khabarhub

निलम्बित प्रधानन्यायाधीश जबरा फर्किन लागेपछि सर्वोच्च परिसरमा प्रहरी परिचालन


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किने भए पछि अदालत परिसरमा प्रहरी परिचालन गरिएको छ।

प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोगको कारबाही टुंगो नलागेको भन्दै नियमित काममा फर्कने सूचना पाएपछि बाक्लो मात्रमा सुरक्षकर्मीहरु खटाइएको हो। जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअघिदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको हो।

संसद्को महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएकै भोलिपल्ट जबरा नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको समाचार सार्वजनिक भएको थियो।

संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ।

समितिले महाभियोग लाग्ने निष्कर्षसहित अभियुक्त मानेका व्यक्ति नै सर्वोच्च फर्किए संविधान र कानुनको सुरक्षा गर्न सरकारले पनि भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको थियो। जबराविरुद्धको महाभियोगको कारबाही टुंगो लागिसकेको छैन।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ०२ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,