निलम्बित प्रधानन्यायाधीश जबरा फर्किन लागेपछि सर्वोच्च परिसरमा प्रहरी परिचालन « Khabarhub

निलम्बित प्रधानन्यायाधीश जबरा फर्किन लागेपछि सर्वोच्च परिसरमा प्रहरी परिचालन


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किने भए पछि अदालत परिसरमा प्रहरी परिचालन गरिएको छ।

प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोगको कारबाही टुंगो नलागेको भन्दै नियमित काममा फर्कने सूचना पाएपछि बाक्लो मात्रमा सुरक्षकर्मीहरु खटाइएको हो। जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअघिदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको हो।

संसद्को महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएकै भोलिपल्ट जबरा नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको समाचार सार्वजनिक भएको थियो।

संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ।

समितिले महाभियोग लाग्ने निष्कर्षसहित अभियुक्त मानेका व्यक्ति नै सर्वोच्च फर्किए संविधान र कानुनको सुरक्षा गर्न सरकारले पनि भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको थियो। जबराविरुद्धको महाभियोगको कारबाही टुंगो लागिसकेको छैन।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ०२ बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र