सिक्लेस हाइड्रोको आईपीओमा भर्ने आज अन्तिम दिन | Khabarhub Khabarhub

सिक्लेस हाइड्रोको आईपीओमा भर्ने आज अन्तिम दिन


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिक्लेस हाइड्रोपावर आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो। लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

यसले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा शुक्रबारसम्ममा ८९ लाख ७२ हजार ७९३ जनाले आवेदन दिइसकेका छन्। सीडीएसको अन्तिम तथ्यांकअनुसार आईपीओमा १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ९४५ कित्ताका लागि आवेदन परिसकेको छ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ०७ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन