सिक्लेस हाइड्रोको आईपीओमा भर्ने आज अन्तिम दिन « Khabarhub

सिक्लेस हाइड्रोको आईपीओमा भर्ने आज अन्तिम दिन


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिक्लेस हाइड्रोपावर आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो। लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

यसले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा शुक्रबारसम्ममा ८९ लाख ७२ हजार ७९३ जनाले आवेदन दिइसकेका छन्। सीडीएसको अन्तिम तथ्यांकअनुसार आईपीओमा १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ९४५ कित्ताका लागि आवेदन परिसकेको छ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ०७ बजे

हात्तीको आक्रमणबाट दुई जना घाइते

झापा – मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे