ओहदामा हुनेहरूको मनोविज्ञान घुस खानै पर्ने भएपछि विकास हुने कुरै भएन : मन्त्री चौधरी  « Khabarhub

ओहदामा हुनेहरूको मनोविज्ञान घुस खानै पर्ने भएपछि विकास हुने कुरै भएन : मन्त्री चौधरी 


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहरी विकास मन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरूको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन् ।

नवप्रवेशी इन्जिनियरहरुलाई डोलीद्धारा आयोजित पूर्वाधार विकास आयोजनाहरूको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरूको मनोविज्ञान नै घुस खानै पर्ने भएपछि विकास हुने कुरा भएन । पदमा रहँदा कमाउनै पर्ने, पैसा जम्मा गर्नै पर्ने भएपछि न गुणस्तरको काम हुन्छ न समयमै योजना  सकिन्छ । त्यस कारण अब हामी सबैले यस्तो गलत मनोविज्ञान त्याग्नैपर्छ,’ मन्त्री चौधरीले भने ।

तालिमले कार्य क्षमता अभिवृद्धि हुने भन्दै मन्त्री चौधरीले उच्च आत्मबल, उच्च नैतिकता र उच्च इमानदारिताका साथ काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिए । जिम्मेवारी बोधका साथ काम गर्दै गए सचिव बन्न गाह्रो नभएको भन्दै मन्त्री चौधरीले सबैको सम्मान गर्दै, सबैलाई मिलाएर काम गरे मात्र सफल हन सकिने धारणा राखेका थिए ।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले कर्मचारीले सकभर कामै नगर्ने, फाइल नपल्टाउने, पुराना फाइल हेर्ने, अल्झाउने र समयमा निर्णय पनि नगर्ने गरेकै कारण जनतामा गुनासो बढेकाले विकासका काम गर्दा जनतालाई केन्द्रमा राखेर छिटो निर्णय गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १ : ३१ बजे

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।