बाढीले कर्णाली राजमार्ग अवरुद्ध « Khabarhub

बाढीले कर्णाली राजमार्ग अवरुद्ध


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चैकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।

चौकुने गाउँपालिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरूमा क्षति पुर्‍याएको छ । चौकुनेकै वडा नम्बर ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षति पुगेको छ। साथै चौकुनेकै ४ नम्बर वडाका केही बस्तीहरूमा बाढीले क्षति गरेको छ। ‘चौकुने ४ मा २ वटा घर उच्च जोखिममा रहेका छन्। ३ नम्बर वडाको गोर्भामा आएको पहिरोले ७ वटा घर उच्च जोखिममा रहेका छन् भने बेतान खोलबाट आएको बाढीले ३ सय रोपनी खेत बगरमा परिणत भएको छ। चौकुने १० घाटगाउँमा आएको बाढीले केही घरहरु उच्च जोखिममा रहेका छन्,’ उनले भने ।

चौकुने अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति  नभएको बताए। उनले बाढीबाट प्रभावित स्थानीयहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितहरूलाई थप आवश्यकता अनुसारको राहत वितरण गर्ने तयारी रहेको जानकारी दिए । साथै बाढी र पहिरोले चैकुने गाउँपालिका भित्रका सबै ठाउँमा सडक अवरुद्ध गरेको छ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, दैलेख सडक पनि प्रभावित

अविरल वर्षासँगैको खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको कल्यानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए । उनकाअनुसार अवरुद्ध सडक खुलाउन डोजर पठाइएको छ ।

यता, सुर्खेत दैलेख सडक खण्डको गोठीकाँडामा खसेको पहिरोका कारण ठूला सवारी साधन अवरुद्ध बनेका छन् । ठूलो ढुंगा सडकमा खसेपछि साना सवारी बाहेक ठूला सवारी सञ्चालनमा कठिनाइ रहेको प्रवक्ता कार्कीले बताए । ढुंगा हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  २ : ०७ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर