बाढीले कर्णाली राजमार्ग अवरुद्ध « Khabarhub

बाढीले कर्णाली राजमार्ग अवरुद्ध


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चैकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।

चौकुने गाउँपालिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरूमा क्षति पुर्‍याएको छ । चौकुनेकै वडा नम्बर ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षति पुगेको छ। साथै चौकुनेकै ४ नम्बर वडाका केही बस्तीहरूमा बाढीले क्षति गरेको छ। ‘चौकुने ४ मा २ वटा घर उच्च जोखिममा रहेका छन्। ३ नम्बर वडाको गोर्भामा आएको पहिरोले ७ वटा घर उच्च जोखिममा रहेका छन् भने बेतान खोलबाट आएको बाढीले ३ सय रोपनी खेत बगरमा परिणत भएको छ। चौकुने १० घाटगाउँमा आएको बाढीले केही घरहरु उच्च जोखिममा रहेका छन्,’ उनले भने ।

चौकुने अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति  नभएको बताए। उनले बाढीबाट प्रभावित स्थानीयहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितहरूलाई थप आवश्यकता अनुसारको राहत वितरण गर्ने तयारी रहेको जानकारी दिए । साथै बाढी र पहिरोले चैकुने गाउँपालिका भित्रका सबै ठाउँमा सडक अवरुद्ध गरेको छ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, दैलेख सडक पनि प्रभावित

अविरल वर्षासँगैको खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको कल्यानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए । उनकाअनुसार अवरुद्ध सडक खुलाउन डोजर पठाइएको छ ।

यता, सुर्खेत दैलेख सडक खण्डको गोठीकाँडामा खसेको पहिरोका कारण ठूला सवारी साधन अवरुद्ध बनेका छन् । ठूलो ढुंगा सडकमा खसेपछि साना सवारी बाहेक ठूला सवारी सञ्चालनमा कठिनाइ रहेको प्रवक्ता कार्कीले बताए । ढुंगा हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  २ : ०७ बजे

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले