खोटाङमा मतदाता संख्या घट्यो « Khabarhub

खोटाङमा मतदाता संख्या घट्यो


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेका छन् ।

स्थानीय तह निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेकोमा आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ४२ हजार सात सय ९२ मतदाता कायम भएका छन् । आसन्न निर्वाचनमा पुरुष ७४ हजार नाै सय २७ र महिला ६७ हजार आठ सय ६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत १ असारदेखि १९ साउनसम्म एक हजार दुई सय ७५ नयाँ मतदाता थप हुँदा पनि मतदाता घटेका हुन् । मृत्यु भएका, बसाई सरेका र डुप्लिकेसन भएका मतदाताको लगत कटाएका कारण मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । करिब सात सय मतदाता बसाई सरेको, चार सयको हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा डुप्लिकेसन भएका कारण नाम हटाएको हाे ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक सय ३६ मतदान स्थल र एक सय ९४ मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : ३९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको