सोमाली सेनाको कारवाहीमा ४३ अल शब‍ाब लडाकु मारिए « Khabarhub

सोमाली सेनाको कारवाहीमा ४३ अल शब‍ाब लडाकु मारिए


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारवाहीका क्रममा इस्लामिक लडाकु संगठन अल शबाबका ४३ लडाकु मारिएका छन् ।

सोमाली सेनाको कारवाहीका क्रममा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अल शबाबका लडाकुहरुले उक्त क्षेत्रमा केही समय यतादेखि हिंसा मच्चाइरहेको सूचनाका आधारमा सेनाले हवाई कारवाही गरेको हो ।

उक्त कारवाहीका क्रममा शनिबार राति ती लडाकु मारिएको सोमाली राष्ट्रिय रेडियो, एसएनए रेडियोले जनाएको छ ।

एबोरे क्षेत्रको बुला बार्ता जिल्लामा अल–शबाबका लडाकुहरुले आश्रय लिएर तालिम केन्द्र सञ्चालन गरेको सूचना त्यहाँका सूचना मन्त्रालयले प्राप्त गरेको जनाइएको छ ।

सोही सूचनाका आधारमा सेनाले हवाई आक्रमण गरी कारवाही थालेको र शनिबार रातिको सो कारबाहीका क्रममा ती लडाकु मारिएको बताइएको छ ।

त्यस कारवाहीका क्रममा उनीहरुको आश्रयस्थल नष्ट भएको र केही लडाकु घाइते भएका पनि बताइएको छ । सोमाली सरकारले आतङ्ककारी घोषणा गरेको अल शबाब समूहका विरुद्धमा सेनाले केही हप्तादेखि प्रतिरक्षात्मक कारवाहीलाई जारी राखेको छ ।

सो कारवाहीमा केही सामुदायिक समूहको पनि संलग्नता रहेको पनि सेनाले जनाएको छ । एबोरे क्षेत्रमा अल शबाबले आफ्नो तालिम केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ । सो क्षेत्रमा उनीहरुको बढी मात्रामा प्रभाव रहेकाले सरकारले यस क्षेत्रमा हमला गर्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ०१ बजे

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको