अफगान पूर्वराष्ट्रपति कारजाईद्वारा तालिबानको निन्दा « Khabarhub

अफगान पूर्वराष्ट्रपति कारजाईद्वारा तालिबानको निन्दा


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको पञ्जशीर प्रान्तमा हत्याका घटनामा निरन्तर वृद्धि भइरहेको भन्दै पूर्व राष्ट्रपति हमिद कारजाईले अफगान शासन चलाइरहेको तालिबानको आलोचना गरेका छन् ।

सो क्षेत्रमा तालिबानविरुद्ध सक्रिय नेशनल रेसिस्टेन्ट फोर्सेज (एनआरएफ) र तालिबानबीच भएको झडपपछि कारजाईले तालिबानको आलोचना गरेका हुन् ।

पूर्व राष्ट्रपति हामिद कारजाईले हालै एक वक्तव्य प्रकाशित गर्दै तालिबान र राष्ट्रिय प्रतिरोध बल (एनआरएफ) बीचको झडपबारे आफ्नो मौनता तोडेका हुन् ।

‘विगतको तीतो अनुभवले स्पष्ट रूपमा सङ्केत गरेको छ कि रक्तपात र युद्ध कहिल्यै समाधान होइन, तर यसले थप भयाबह र विनाश ल्याउँछ’ अफगानिस्तानको खामा प्रेसले पूर्व राष्ट्रपति हामिद कारजाईको फेसबुक पेजमार्फत सार्वजनिक विज्ञप्तिलाई उद्धृत गर्दै जनाएको छ ।

सेप्टेम्बर १५ मा अष्ट्रियाको राजधानी भियनामा अफगानिस्तानका राजनीतिज्ञहरूबीच तीन दिने छलफल सुरु भएपछि कारजाईको यो भनाइ आएको हो । नेसनल रेजिस्टेन्स फ्रन्टका नेता अहमद मसूदले अफगानिस्तानको मुद्दा राजनीतिक निर्णयबाट मात्र समाधान गर्न सकिने बताएका छन् ।

भियना बैठकमा एनआरएफका नेता अहमद मसूद, पूर्व विदेशमन्त्री डा. रङ्गिन डाडफर स्पान्टा, महिला अधिकारकर्मी तथा शान्ति वार्ताका लागि अफगान प्रतिनिधिमण्डलका पूर्व सदस्य फाउजिया कोफी र नर्वेका लागि पूर्व अफगानी राजदूत शुक्रिया बारेकजाईलगायत सहभागी छन् ।

खामा प्रेसका अनुसार अफगानहरुको दुर्दशा, आर्थिक प्रणालीको पतन, बालिकाहरूको शिक्षाबाट बञ्चित हुनु, सञ्चारमाध्यमका गतिविधिहरूमा प्रतिबन्ध, र तालिबान शासनअन्तर्गत आतङ्कवादी समूहहरूको गतिविधिमा वृद्धि संयुक्त राष्ट्रसंघको कार्यालयमा छलफलको मुख्य विषय छन् ।

अन्तर्राष्ट्रिय आँकलनअनुसार अफगानिस्तानमा अहिले सबैभन्दा धेरै खाद्य सुरक्षामा संकट देखिएको छ । त्यहाँ दुई करोड ३० लाखभन्दा बढीलाई सहायताको खाँचो छ र करिब ९५ प्रतिशत जनसङ्ख्यामा खाद्यान्न अपुग छ ।

अफगानिस्तान पुनर्निर्माणका लागि अमेरिकाका विशेष प्रतिनिधिको एक प्रतिवेदनअनुसार अफगानिस्तानमा दुई करोड ४४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ ।

प्रतिवेदनमा तालिबानले आफ्नो देशमाथि कब्जा जमाएको र अन्तर्राष्ट्रिय सहायतामा आएको कटौतीका कारण मानवीय सङ्कट बढ्दै गएको जनाइएको छ । अहिले करिब ७० प्रतिशत अफगान नागरिकले दैनिक रुपमा आफ्ना आधारभूत आवश्यकता पूरा गर्न असमर्थ रहेको जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ५५ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका