नयाँ भारतीय क्षेप्यास्त्रको डिजाइन अन्तिम चरणमा « Khabarhub

नयाँ भारतीय क्षेप्यास्त्रको डिजाइन अन्तिम चरणमा


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले १५ सय किलोमिटरसम्म मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्रको डिजाइनलाई अन्तिम रुप दिएको छ । भारतको रक्षा अनुसन्धान एवम् विकास संस्था डीआरडीओले १५ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको डिजाइनलाई अन्तिम रुप दिएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

अब भारत सरकारले स्वीकृत गरेको खण्डमा यस क्षेप्यास्त्रको विकासको प्रक्रिया अघि बढ्ने जनाइएको छ । हालसम्म नामकरण नगरिएको यस क्षेप्यास्त्रले परम्परागत विस्फोटक पदार्थ बोक्नेछ । यस क्षेप्यास्त्रले जमिनबाट जमिनमा र जमिनबाट समुद्रमा मार हान्न सक्ने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतले जमिनबाट ५ हजार किलोमिटरसम्म मार हान्न सक्ने क्रुज एवम् ब्यालेस्टिक क्षेप्यास्त्र र समुद्रबाट ३५०० किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेपनि जमिनबाट जमिनमा एवम् जमिनबाट समुद्रमा मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरिसकेको छैन ।

नयाँ क्षेप्यास्त्रलाई चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी क्षेत्र एवम् अरब सागर र बंगालको खाडीस्थित तटीय क्षेत्रमा तैनाथ गरिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : २८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको