नयाँ भारतीय क्षेप्यास्त्रको डिजाइन अन्तिम चरणमा « Khabarhub

नयाँ भारतीय क्षेप्यास्त्रको डिजाइन अन्तिम चरणमा


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले १५ सय किलोमिटरसम्म मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्रको डिजाइनलाई अन्तिम रुप दिएको छ । भारतको रक्षा अनुसन्धान एवम् विकास संस्था डीआरडीओले १५ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको डिजाइनलाई अन्तिम रुप दिएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

अब भारत सरकारले स्वीकृत गरेको खण्डमा यस क्षेप्यास्त्रको विकासको प्रक्रिया अघि बढ्ने जनाइएको छ । हालसम्म नामकरण नगरिएको यस क्षेप्यास्त्रले परम्परागत विस्फोटक पदार्थ बोक्नेछ । यस क्षेप्यास्त्रले जमिनबाट जमिनमा र जमिनबाट समुद्रमा मार हान्न सक्ने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतले जमिनबाट ५ हजार किलोमिटरसम्म मार हान्न सक्ने क्रुज एवम् ब्यालेस्टिक क्षेप्यास्त्र र समुद्रबाट ३५०० किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेपनि जमिनबाट जमिनमा एवम् जमिनबाट समुद्रमा मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरिसकेको छैन ।

नयाँ क्षेप्यास्त्रलाई चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी क्षेत्र एवम् अरब सागर र बंगालको खाडीस्थित तटीय क्षेत्रमा तैनाथ गरिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : २८ बजे

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले