मुख्यमन्त्री बन्न प्रदेशमा चुनाव लड्दैछु : कुमार खड्का « Khabarhub

मुख्यमन्त्री बन्न प्रदेशमा चुनाव लड्दैछु : कुमार खड्का


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री तथा कांग्रेस नेता कुमार खड्काले आफु मुख्यमन्त्री बन्नका लागि मात्रै सांसदको चुनाव लड्ने बताएका छन् ।

कास्की क्षेत्र नम्बर २ (ख) बाट चुनाव लड्न उनले दाबी गरेका छन् । अखण्ड पार्टीका नेता खड्का अघिल्लो निर्वाचनमा कांग्रेस पसेका हुन् । कांग्रेस छिर्ने बित्तिकै प्रदेशको समानुपातिक सांसद बनेका खड्का अहिले प्रत्यक्ष उम्मेद्वार बन्ने तयारीमा छन् ।

उनले फेसबुकमा आफ्नो समर्थक समूहको पेज नै बनाएर प्रचार गरिरहेका छन् । टिकटका लागि खड्का सँगै हालका सांसद विन्दुकुमार थापा पनि रेसमा छन् ।

उनी अघिल्लो चुनावमा कास्कीका ६ वटा प्रदेशसभा क्षेत्र मध्ये कांग्रेसबाट जित्ने एक्लो सांसद हुन् ।

आफ्ना समर्थकको भेलामा मन्त्री खड्काले आफू आगामी निर्वाचनपछि मुख्यमन्त्री नबन्ने भए सांसदको टिकट समेत फालेर हिँड्ने चेतावनी दिएका छन् ।

‘मलाई शेरबहादुर देउवाले टिकट दिन्छु तर मुख्यमन्त्रीको दौडबाट बाहिर हुनुपर्छ भन्नुभयो भने टिकट पनि फालेर हिँड्छु । मलाई सांसद हुनका लागि, मन्त्री भएर जागिर खानका लागि टिकट चाहिएको होइन,’ उनले भने, ‘पोखरामा एउटा मनिपाल आउँदा फुलबारी क्षेत्रका नागरिकको काँचुलि फेरियो । त्यस्ता धेरै संस्था ल्याउँछु । धेरैले रोजगारी पाउँछन् ।’

उनले आफ्ना क्षेत्रका युवाहरुलाई विदेश पठाउने सपना पूरा गर्नका लागि चुनावको प्रतिश्पर्धामा रहेको बताएका छन् । ‘गण्डकी प्रदेशलाई जापान, साउथ कोरिया, अमेरिका, अष्ट्रेलियासँग एमओयू गरेर यहाँका युवाहरुलाई, शिक्षक, विद्यार्थी, महिला, समाजसेवी, कृषकलाई पठाउने । राजा महेन्द्रका पालामा विदेश जान जति सजिलो थियो, गण्डकीका नागरिकलाई पठाउनका लागि मेरो स्वप्न थियो । त्यसलाई साकार बनाउन मलाई अझै समय पुगेन । त्यसैले मैले यो आकांक्षा गरेको हुँ,’ उनले अघि भने ।

नेपाली कांग्रेसले यसअघि समानुपातिक सांसद बनेकाहरुलाई नदोहो¥याउने परिपत्र जिल्लामा पठाएपछि खड्काले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका हुन् । ‘मेरा लागि समानुपातिकको ढोका पनि बन्द छ । राष्ट्रियसभाको ढोका पनि बन्द र राजनीतिक नियुक्तिको ढोका पनि बन्द छ,’ उनले भने, ‘माथिल्लो निर्वाचन मेरा लागि सम्भव छैन । श्रोत र साधन ब्यापक चाहिने । त्यो अभाव भएको हुँदा मसँग कि प्रदेश ९ख० मा चुनाव लड्ने कि राजनीति छोड्ने । मसँग धेरै अवसर छैन ।’

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ४३ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि