मुख्यमन्त्री बन्न प्रदेशमा चुनाव लड्दैछु : कुमार खड्का | Khabarhub Khabarhub

मुख्यमन्त्री बन्न प्रदेशमा चुनाव लड्दैछु : कुमार खड्का


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री तथा कांग्रेस नेता कुमार खड्काले आफु मुख्यमन्त्री बन्नका लागि मात्रै सांसदको चुनाव लड्ने बताएका छन् ।

कास्की क्षेत्र नम्बर २ (ख) बाट चुनाव लड्न उनले दाबी गरेका छन् । अखण्ड पार्टीका नेता खड्का अघिल्लो निर्वाचनमा कांग्रेस पसेका हुन् । कांग्रेस छिर्ने बित्तिकै प्रदेशको समानुपातिक सांसद बनेका खड्का अहिले प्रत्यक्ष उम्मेद्वार बन्ने तयारीमा छन् ।

उनले फेसबुकमा आफ्नो समर्थक समूहको पेज नै बनाएर प्रचार गरिरहेका छन् । टिकटका लागि खड्का सँगै हालका सांसद विन्दुकुमार थापा पनि रेसमा छन् ।

उनी अघिल्लो चुनावमा कास्कीका ६ वटा प्रदेशसभा क्षेत्र मध्ये कांग्रेसबाट जित्ने एक्लो सांसद हुन् ।

आफ्ना समर्थकको भेलामा मन्त्री खड्काले आफू आगामी निर्वाचनपछि मुख्यमन्त्री नबन्ने भए सांसदको टिकट समेत फालेर हिँड्ने चेतावनी दिएका छन् ।

‘मलाई शेरबहादुर देउवाले टिकट दिन्छु तर मुख्यमन्त्रीको दौडबाट बाहिर हुनुपर्छ भन्नुभयो भने टिकट पनि फालेर हिँड्छु । मलाई सांसद हुनका लागि, मन्त्री भएर जागिर खानका लागि टिकट चाहिएको होइन,’ उनले भने, ‘पोखरामा एउटा मनिपाल आउँदा फुलबारी क्षेत्रका नागरिकको काँचुलि फेरियो । त्यस्ता धेरै संस्था ल्याउँछु । धेरैले रोजगारी पाउँछन् ।’

उनले आफ्ना क्षेत्रका युवाहरुलाई विदेश पठाउने सपना पूरा गर्नका लागि चुनावको प्रतिश्पर्धामा रहेको बताएका छन् । ‘गण्डकी प्रदेशलाई जापान, साउथ कोरिया, अमेरिका, अष्ट्रेलियासँग एमओयू गरेर यहाँका युवाहरुलाई, शिक्षक, विद्यार्थी, महिला, समाजसेवी, कृषकलाई पठाउने । राजा महेन्द्रका पालामा विदेश जान जति सजिलो थियो, गण्डकीका नागरिकलाई पठाउनका लागि मेरो स्वप्न थियो । त्यसलाई साकार बनाउन मलाई अझै समय पुगेन । त्यसैले मैले यो आकांक्षा गरेको हुँ,’ उनले अघि भने ।

नेपाली कांग्रेसले यसअघि समानुपातिक सांसद बनेकाहरुलाई नदोहो¥याउने परिपत्र जिल्लामा पठाएपछि खड्काले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका हुन् । ‘मेरा लागि समानुपातिकको ढोका पनि बन्द छ । राष्ट्रियसभाको ढोका पनि बन्द र राजनीतिक नियुक्तिको ढोका पनि बन्द छ,’ उनले भने, ‘माथिल्लो निर्वाचन मेरा लागि सम्भव छैन । श्रोत र साधन ब्यापक चाहिने । त्यो अभाव भएको हुँदा मसँग कि प्रदेश ९ख० मा चुनाव लड्ने कि राजनीति छोड्ने । मसँग धेरै अवसर छैन ।’

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ४३ बजे

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं– संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित भएको छ

राष्ट्रियसभा : विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफल जारी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार (अमेरिकी स्थानीय समय) इजरायली

‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू)

काठमाडौं – नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ले

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने