नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक « Khabarhub

नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

मुम्बई– नोरा फतेही बलिउडकी लोकप्रिय डान्सरमध्ये एक हुन् । उनी टेलिभिजनमा एक डान्स रियालिटी शोमा निर्णायक पनि छिन् । नोराले ठूला फेस्टिभल तथा इभेन्टमा नृत्य प्रस्तुति दिँदै आएकी छन् । यिनै नोरालाई बंगलादेशको सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाएको छ ।

बंगलादेश सरकारले डलर बचाउन यो निर्णय लिएको हो । बंगलादेशको सांस्कृतिक मामिलाको मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय फिल्म उद्योगमा आफ्नो कामका लागि लोकप्रिय नोरा फतेहीलाई वैश्विक स्थितिलाई मध्यनजर गर्दै र विदेशी मुद्रा भण्डारलाई बचाउन ढाकामा प्रस्तुति दिन अनुमति नदिइएको उल्लेख गरेको छ ।

नोरालाई वुमेन लिडरसिप कर्पोरेसनले आयोजना गर्न लागेको एक कार्यक्रममा नृत्य प्रस्तुत गर्न र अवार्ड दिन बोलाइएको थियो । सांस्कृतिक मन्त्रालयले घट्दो विदेशी मुद्रा भण्डारबीच डलरको भुक्तानीमा केन्द्रीय बैंकको प्रतिबन्धलाई दाबी गरेको छ । जुन १२ अक्टोबरसम्म घटेर ३६ दशमलब ३३ बिलियन डलर भएको हो । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ११ बजे

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार