नाइजेरियाको चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु « Khabarhub

नाइजेरियाको चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । आक्रमणमा केही घाइते भएका नाइजेरियाली प्रहरीले जनाएको छ ।

घटना आइतबार अबेर राति भएको हो । अज्ञात बन्दुकधारीहरुको समूहले कोगी राज्यको फेले क्षेत्रस्थित सेलेस्टियल चर्च अफ क्राइस्टमा आयोजित एक कार्यक्रमका क्रममा आक्रमण गरेको जनाइएको छ ।

धार्मिक कार्यक्रममा भाग लिइरहेका श्रद्धालुहरूलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको प्रान्तीय राजधानी लोकोजामा राज्यका प्रहरी प्रवक्ता विलियम ओभिए–आयाले बताएका छन् ।

मारिने दुबै श्रद्धालुहरु महिला रहेको जनाइएको छ । आक्रमणमा घाइते भएकाहरुको उपचार भइरहेको समेत प्रहरीले जनाएको छ । आक्रमणपछि घटनास्थलमा प्रहरी पुगेपछि बन्दुकधारी फरार भएका थिए ।

आक्रमणकारीको खोजी भइरहेको र मृतकहरुलाई शवगृहमा राखिएको प्रहरीको भनाइ छ । अहिलेसम्म आक्रमणकारीहरु पक्राउ परेको घोषणा गरिएको छैन ।

नाइजेरियामा पछिल्लो समय धार्मिक एवम् जातीय हिंसा बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : १८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका