इबोलाको जोखिम बढेसँगै युगान्डाको राजधानीमा उच्च सतर्कता « Khabarhub

इबोलाको जोखिम बढेसँगै युगान्डाको राजधानीमा उच्च सतर्कता


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इबोला भाइरसको संक्रमण फैलिनसक्ने त्रासबीच अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको संक्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै सहरमा उच्च सतर्कता अपनाइएको बताएका हुन् ।

उनले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । सोमबार युगान्डाको मुबेन्डे सहरमा थप दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले संक्रमण कम्पालासम्म नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन् ।

मुबेन्डेमा यसअघि पनि इबोलाका संक्रमितहरु देखा परेका थिए । युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो । त्यसैले अहिले पनि त्यस क्षेत्रमा इबोला भाइरसको संक्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

त्यहाँ भाइरसको संक्रमण फैलिन नदिन आवश्यक पूर्वतयारी र मापदण्डहरु अपनाइएको उनले ट्वीटमार्फत् जानकारी दिएका छन् ।

अक्टोबर १५ सम्मको युगान्डाको तथ्याङ्क अनुसार ५८ जनामा इबोलाको संक्रमण देखिएको छ । तीमध्ये १९ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै २० जना संक्रमित निको भएर घर फर्केका छन् ।

गत सेप्टेम्बर २० मा मुबेन्डेमा पहिलो पटक इबोलाको संक्रमण देखिएको थियो । केही वर्षअघि अफ्रिकामा देखिएको यो संक्रमण निकै घातक मानिन्छ । यस संक्रममणबाट अफ्रिकी देशहरुमा हजारौँ मानिसको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : ५९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा