इथियोपियामा जारी हिंसा रोक्न राष्ट्रसङ्घका महासचिव गुटरेसको आह्वान « Khabarhub

इथियोपियामा जारी हिंसा रोक्न राष्ट्रसङ्घका महासचिव गुटरेसको आह्वान


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकी मुलुक इथियोपियामा जारी हिंसा बन्द गर्न आग्रह गरेका छन् । उनले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने बताएका हुन् । सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने उनको भनाइ छ ।

इथियोपियामा हिंसा र ध्वंसले उग्र रुप लिइसकेको र धनजनको ठूलो क्षति पनि भइरहेकोले अब हत्या हिंसा रोकेर त्यहाँका नागरिकबीच शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने महासचिव गुटरेसले बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सम्वाददाताहरुसँगको कुराकानीका क्रममा उनले भने– ‘इथियोपियामा हिंसा बढी भयो । त्यहाँ हिंसा तथा विध्वंस गरेर कसैले पनि केही प्राप्त गर्न सक्दैनन् र यो बाटोबाट कसैको समस्या पनि समाधान हुदैन । अब हिंसा रोक्नुपर्छ र शान्तिपूर्ण माध्यमबाट अघि बढ्नुपर्छ ।’

संयुक्त राष्ट्रसङ्घले शान्तिपूर्ण माध्यमबाट इथियोपियाको समस्याको समाधान खोजेको पनि महासचिव गुटरेसले बताएका छन् । उनले टिगरेको निकास सैनिक बलबाट नभएको र यसको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा संयुक्त राष्ट्रसंघ रहेको पनि बताए ।

उनले इथियोपियाको हिंसा रोकेर त्यहाँको समस्याको शान्तिपूर्ण समाधानका लागि अफ्रिकी युनियनलाई आग्रह पनि गरे । उनले सम्वाददाताहरुसँगको कुराकानीका क्रममा भने– ‘संयुक्त राष्ट्रसङ्घले अफ्रिकी युनियनलाई जे जस्तो आवश्यक पर्छ त्यो सहयोग गर्न तयार छ, यो समस्याको शान्तिपूर्ण तरिकाबाट वार्ता गरेर समाधान खोजोस् ।’

त्यहाँ हिंसाका कारण कैयौँ मानिसको ज्यान गएको छ भने भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ । इथियोपियाको टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण अहिले पनि कम्तीमा १ करोड ३० लाख नागरिकलाई मानवीय सहयताको खाँचो रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ५७ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा