रुसी विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो « Khabarhub

रुसी विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । रुसको तास समाचार संस्थाले विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको हो ।

आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप १० शवहरू फेला पारेका छन् । मृत्यु हुनेमध्ये तीन जना बालबालिका समेत रहेको जनाइएको छ ।

दुर्घटनामा अरु १९ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको तासले उल्लेख गरेको छ । दुर्घटनास्थलबाट ६८ जनाको उद्धार गरिएको थियो भने ३६० जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।

यसअघिका समाचारमा रुसको दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको उल्लेख गरिएको थियो ।

चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए । तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो ।

दुर्घटनाबाट १७ वटा अपार्टमेन्टमा क्षति पुगेको छ । रुसी अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : २७ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)