पहिरोले अवरुद्ध जुम्ला नाग्म सडक खुल्यो « Khabarhub

पहिरोले अवरुद्ध जुम्ला नाग्म सडक खुल्यो


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिरोले अवरुद्ध जुम्ला नाग्म सडक खुलेको छ । करिब एक हप्ता लामो प्रयास पछि नाग्म जुम्ला सडकखण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले जुम्ला बजार सडकखण्डको रारालिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए । उनले अब जुम्ला नग्मा सडक खुलेको जनाएका हुन् ।

‘अवरुद्ध सडक खुलाउनका लागी क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सबइन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएका थियौं’ उनले भने ।

कर्णाली राजमार्गमा खटिएका सबइन्जिनियर गोविन्द अधिकारीका अनुसार मंगलबार बेलुकीबाट जुम्ला बजारदेखि नाग्मसम्मको सडकखण्ड खुलेको हो ।

त्यस्तै, कर्णाली राजमार्गको अनुगमनसमेत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाहीसहित सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघका प्रतिनिधिले जुम्लादेखि कालिकोटको भिग्मसम्म अनुगमन गरेका छन् ।

त्यस्तै राजमार्गको स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थलगत राजमार्ग खुलाउने काम सुचारु भए पनि दीर्घकालीन पहिरो व्यवस्थापनका लागि थप पहल आवश्यक रहेको बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी केशरीले सडक खुलाउने र दीर्घकालीन रूपमा राजमार्ग बनाउनका लागी सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

कर्णाली राजमार्ग २५ प्रतिशत अझै खुल्न बाँकी

जुम्ला नाग्म सडक खुलेपनि डिभिजन सडकका अनुसार कर्णाली राजमार्गको अझै २५ प्रतिशत सडक खुल्न बाँकी रहेको छ । डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले कालिकोटको पिली देखी सेरावाडासम्म काम सकेर गाडी पुगेको बताए ।

सब इन्जिनियर गोविन्द अधिकारी अनुसार सेरावाडादेखि नाग्मसम्मको करिब ३० किलोमिटरमा सबैभन्दा कठिन अवस्था छ । धनाडादेखि नाग्मसम्म मात्रै १४ १५ स्थानमा ठूला ढुंगा विस्फोटन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : ५५ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र