निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा « Khabarhub

निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर- आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

छ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदान स्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अति संवेदनशील र एक सय १४ वटा संवेदनशील मतदान स्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

मतदानका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले छ हजार सात सय १२ कर्मचारी परिचालन गरेको छ । एक मतदान केन्द्रमा आठ कर्मचारी रहने उक्त कार्यालयका प्रवक्ता हेम बुढाथोकीले जानकारी दिए । मतदानमा चाहिने मतपत्रदेखि आवश्यक सामग्री केन्द्रमा पुगिसकेको छ ।

मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएको छ । एक जिल्ला कारागारमा कैदी बन्दीका लागि र अर्को आदर्श पुस्तकालयमा मतदानमा नखटिने कर्मचारीका लागि कर्मचारी र कैदी बन्दीले समानुपातिकमा मात्र मत खसाल्न पाउने भएका छन् । मतदान केन्द्रमा खटिने मतदान अधिकृतले निर्वाचनलाई सहज एवं सरल बनाउन प्रत्येक मतदान केन्द्रमा सर्वदलीय बैठक गरिरहेको सूचना प्राप्त भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

यसबाट निर्वाचन निष्पक्ष, धाँधलीरहित, विश्वसनीय, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास लिन सकिन्छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर मत खसाल्ने वातावरण सिर्जना गर्न मतदान अधिकृतलाई प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलबाट निर्देशन पनि भइसकेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

अहिलेसम्म सबै मतदान केन्द्र वा मतदान स्थलमा शान्तिपूर्ण वातावरण रहेको र प्रत्येक मतदान केन्द्रमा खानेपानी, शौचालय, बिजुली, इन्टरनेटको व्यवस्था गर्नाका साथै मतदान अधिकृत बुथ निर्माणमा जुटेको बताइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : ४६ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप