पश्चिम नवलपरासीमा महिलामैत्री मतदानस्थल « Khabarhub

पश्चिम नवलपरासीमा महिलामैत्री मतदानस्थल


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एउटा मतदानस्थल नै महिलामैत्री बनाइएको छ । पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पर्ने रामग्राम नगरपालिका-१ को सयपत्री बोर्डिङ स्कुलको मतदानस्थल महिलामैत्री बनाइएको हो ।

 जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीका अनुसार सयपत्री स्कुलको मतदानस्थलमा दुईवटा मतदान केन्द्र छन् । ‘हामीले सयपत्री स्कुलको मतदानस्थल महिलामैत्री निर्माण गरेका हौँ’, उनले भने, ‘दुईवटा केन्द्र रहेको यसस्थलमा मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मी सबै महिलालाई मात्रै खटाएका छौँ ।’ उक्त बोर्डिङ स्कुलको ‘क’ मतदान केन्द्रमा सात सय ५६ मतदाता रहेको र  यहाँ मतदान अधिकृतको रुपमा कुमारी केसीलाई खटाइएको निर्वाचन अधिकारी खत्रीले बताए । 

सोही मतदानस्थलको ‘ख’ मतदान केन्द्रमा सात सय ८७ मतदाता छन् । यस मतदान केन्द्रमा पनि मतदान अधिकृतको रुपमा मनिषा पौडेललाई जिम्मेवारी तोकिएको छ । दुवै मतदान केन्द्रमा आठ-आठ गरी १६ महिला कर्मचारी खटाइएको उनको भनाइ थियो। उक्त बोर्डिङ स्कुलको मतदानस्थलको सुरक्षाको जिम्मा पनि महिला प्रहरीलाई नै प्रदान गरिएको छ ।

नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार त्यस मतदानस्थलमा प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा सबै सुरक्षाकर्मी महिला नै परिचालन गरिएको हो । ‘उक्त स्कुलको मतदानस्थललाई महिलामैत्री बनाउने विषयमा छलफल भएपछि हामीले पनि सुरक्षाको जिम्मा महिलालाई नै दिने गरी काम गर्‍यौँ’, उनले भने, ‘त्यहाँ प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा नेपाल प्रहरी र म्यादी प्रहरीका सबै सुरक्षाकर्मी महिला नै परिचालन गरेका छौँ ।’ उक्त मतदानस्थलको सुरक्षाका लागि १३ सुरक्षाकर्मी परिचालन गरिएकामा सबै महिला रहेका प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए । नवलपरासी क्षेत्र नम्बर २ मा एक लाख २६ हजार छ सय ८० मतदाता छन् । 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : ३५ बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी