निर्वाचनका लागि खटिए कर्मचारी र सुरक्षाकर्मी | Khabarhub Khabarhub

निर्वाचनका लागि खटिए कर्मचारी र सुरक्षाकर्मी


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लमजुङ- ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा कर्मचारी र सुरक्षाकर्मी आ-आफ्नो  केन्द्रमा  खटिएका छन् । आठ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा १४ सय ९७ कर्मचारी र २३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाभर एक सय ८८ मतदान अधिकृतसहित १४ सय ९७ कर्मचारी आ-आफ्नो निर्वाचन सामग्री बुझेर निर्वाचनको केन्द्रमा पुगेका छन् ।

सुरक्षाका लागि  म्यादी प्रहरी एक हजार ९७ जना खटिएका छन् । नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिएका छन् । उनीहरूलाई मतदान स्थल, मतदान केन्द्रको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिने भएको  छ ।

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदान स्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता छन् ।

संघ तर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् ।

त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : ५८ बजे

पूर्वाधारको पर्खाइमा म्याग्दीको सुनछहरा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ मा रहेको सुनछहरा पूर्वाधार र

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो

स्टिल र अल्मुनियममा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सबै स्टिल

आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदै

काठमाडौं– आज अन्तरराष्ट्रिय दाल दिवस मनाइँदै छ । पोषणको मुख्य

भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’ : सुमधुर सम्बन्ध बनाउन उपहार दिनुहोस्

काठमाडौं– अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । आज भ्यालेन्टाइन डेको