महिनावारीको औषधिले महिलाको ज्यान जोखिममा | Khabarhub Khabarhub

महिनावारीको औषधिले महिलाको ज्यान जोखिममा

आफुखुशी औषधि खाँदा एकपछि अर्को समस्या



काठमाडौँ : नवलपरासीकी बेन्जु अग्रवाल २१ वर्षकी भइन् । उनको महिनावारी हुन थालेको पनि नौ वर्ष बितिसक्यो । यो भन्दा पहिला उनलाई कहिल्यै महिनावारी हुँदा पेट दुखेको थिएन ।

तर अहिले तिहारमा पालो परेकाले उनले रोक्नको लागि औषधि खाएकी थिइन् । जसको पीडा अहिले भोग्दैछिन्लुम्बिनि अस्पतालमा भर्ना भएकी बेन्जु भन्छिन्, ‘बरु टिका लगाउन नपाएको भए केही हुँदैनथ्यो, मेडिकलले केही हुँदैन भन्यो पील्स खाए, अहिले पेट दुखेर ईन्जेक्सन लगाएको छु ।’

यस्तै, काठमाडौंकै अन्जाम बराकोटीले पनि यो पीडा भोगेको सुनाउँछिन्, ‘मैले त असर गर्छ भन्ने सुनेको थिए तर जेसुकै होस् भनेर खाए तर अहिले महिनावारी हुँदा पेट दुख्ने मात्रै होइन ब्लड धेरै भएर दुई पटक बेहोस भए छु ।’

यो समस्या धेरै युवतीले भोगिसकेका छन् । चाडपर्वलगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्छन् । नेपालीहरूको महान् पर्व बडादसैँ र तिहारमा महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन गर्ने महिला तथा प्रजननरोग विशेषज्ञ डा.श्रीप्रसाद अधिकारीले बताएका छन् ।

यस समयमा स्वास्थ्यकर्मीको परामर्शबिना औषधि सेवन गरेको पाइन्छ । यसले भविष्यमा स्वास्थ्यमा गम्भीर खालका समस्या देखिन सक्छ । कतिपय महिलाले महिनावारी सार्ने औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आउँछ भन्ने जानकार हुन्छन् । तर घरमा पूजापाठ, श्राद्ध लगायतको बेला काममा असर नपरोस् भनेर महिनावारी सार्ने औषधि सेवन गर्छन् ।

महिनावारी पर सार्नका लागि यसको सम्भावित मितिभन्दा १–२ दिन अगाडिदेखि औषधि सेवन गर्नुपर्ने हुन्छ । बजारमा सजिलै उपलब्ध हुने ‘प्रोजेस्टेरोन’चक्की वा परिवार नियोजनका लागि प्रयोग गरिने ‘पिल्स’ को प्रयोगले महिनावारी सजिलै पर सार्न सकिन्छ ।

विभिन्न सामाजिक विभेदका कारण महिनावारी सार्नुपर्ने बाध्यतामा महिलाहरूलाई हुन्छ। स्वास्थ्यका दृष्टिकोणले भन्नुपर्दा यसरी हर्मोन भएका अर्थात् प्रोजेस्ट्रोन वा पिल्सको सेवन गर्नु पक्कै राम्रो होइन ।

महिनावारी सार्ने औषधि खाँदाका असर
यस्ता औषधि प्रयोग गरेको अवधिसम्म महिनावारी हुँदैन र सेवन गर्न छोडेको केही दिनमा महिनावारी हुन्छ । औषधी प्रयोग गरेपछिको महिनावारीमा केही महिलालाई धेरै कष्ट हुने गरेको छ । जसले गर्दा महिलाको ज्यानै जोखिममा पर्न सक्ने पनि हुन्छ ।

हर्मोनहरूले महिनावारी प्रक्रिया गराउने तथा नियन्त्रण गर्ने भएकाले छोटो समय मात्र सेवन गर्नुले महिनावारीको नियमिततालाई असर गर्ने हुन्छ र थप जटिलताको सिर्जना गर्न सक्छ ।

औषधिहरूले महिनावारी नियमित नहुने, महिनावारी हुँदा धेरै वा लामो समयसम्म रक्तस्राव हुनसक्छ । यसले बच्चा जन्माउनु पर्ने महिलामा बच्चा नहुने वा भइहाले पनि खेर जाने सम्भावना हुन्छ ।

चिकित्सकको सल्लाहबिना पटक/पटक हर्मोनल औषधि प्रयोग गर्नु हुँदैन । औषधि सेवन गरी महिनावारी पर सार्नु भन्दा यसलाई नियमित प्रक्रियाका रूपमा स्वीकार गर्नु नै उपयुक्त हुन्छ । महिनावारी अशुद्ध र अपवित्र नभई यो एउटा जैविक र प्राकृति प्रक्रिया हो ।

महिनावारी भएकै कारणले कसैले कसैमाथि विभेद अथवा हेलाँहोचो गर्छ भने त्यो कानूनको विपरीत हुन जान्छ । महिलाहरू महिनावारी गडबड भएपछि अस्पताल पुग्ने गर्छन् । औषधि सेवन गर्न छाडेपछि महिनावारी भएन भन्ने गुनासो लिएर खास गरी किशोरीहरू आत्तिएर अस्पताल पुग्ने चिकित्सकको भनाइ छ ।

महिनावारी सार्ने औषधि सेवन गर्न छाड्ने बित्तिकै महिनावारी हुन्छ भन्ने धेरैलाई लाग्छ । तर, औषधि खान छाडेको केही दिनपछि मात्रै हुन्छ । महिनावारी पछि सर्ने औषधि नेपालमा मात्र नभई भारत, चीन, श्रीलङ्कालगायतका देशमा औषधि सेवन गरेर महिनावारी पर सार्ने गरेको पाइन्छ ।

मर्यादित महिनावारीबारे समुदायमा जानकारी नहुँदा आफैलाई हानी गर्ने औषधि सेवन गरेको पाइन्छ । महिनावारी रोक्ने औषधिले तुरुन्तै समस्या नदेखिए पनि यसले दीर्घकालमा स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  २ : ०८ बजे

बारपाकको दलित बस्ती : घरधुरी २१, शौचालय एक

गोरखा– दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४

रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टीले सोधेको

कृषिमन्त्री अधिकारीले भने- पशु कल्याण ऐन छिट्टै जारी हुन्छ 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही सरकारको पालामा

मेराविरुद्ध नेताहरूले दिएको अभिव्यक्तिप्रति राजनीतिक प्रतिवाद गर्छु : रामकुमारी झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई

फर्सीको मुन्टा खानुका फाइदाहरू

काठमाडौं– हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।