रूसी आक्रमणपछि लाखौं युक्रेनी विद्युतविहीन : जेलेन्स्की « Khabarhub

रूसी आक्रमणपछि लाखौं युक्रेनी विद्युतविहीन : जेलेन्स्की


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारमा क्षति पुगेकाले लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । ‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युतविहीन भएका छन्,’ उनले भने ।

विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।जेलेन्स्कीले भने, ‘हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं ।’

रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ, पछिल्लो समय दक्षिणी शहर खेरसनबाट मस्को पछि हटेको छ ।

युक्रेनका विभिन्न शहरमा एएफपीका पत्रकारहरूले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन् ।

युक्रेनको विद्युत पूर्वाधारमा ठूलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ३ : ०९ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप