उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

यसअघि बिहीबारमात्र उत्तरले छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको बताइएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्र जापानको तटबाट २ सय किलोमिटर टाढा गई खसेको थियो । जापानी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यस क्षेप्यास्त्रले अमेरिकी मुख्यभूमिसम्म मार हान्ने क्षमता राख्दछ ।

एसिया प्रशान्त आर्थिक सहयोग एपेकको सम्मेलनका लागि थाइल्याण्ड भ्रमणमा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको निन्दा गरेकी छिन् । उनीसँगै दक्षिण कोरिया, क्यानाडा, जापान, अष्ट्रेलिया, न्युजिल्याण्डका नेताहरुले पनि क्षेप्यास्त्र परीक्षणको निन्दा गरेको रोयटर्सले जनाएको छ ।

पछिल्लो समय उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरिरहेको बताइएको छ । उत्तर कोरियाले आणविक परीक्षण गरेको खण्डमा त्यसले कोरियाली प्रायद्विपमा थप अस्थीरता निम्त्याउने भन्दै चिन्ता उत्पन्न हुँदै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ११ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका