दाङमा ४ लाख १५ हजार मतदाता, ४६५ मतदान केन्द्र « Khabarhub

दाङमा ४ लाख १५ हजार मतदाता, ४६५ मतदान केन्द्र


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा चार लाख १४ हजार ९५६ मतदाता छन् । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १५३ मतदानस्थल र ४६५ मतदान केन्द्र छन् । दाङ-१ मा प्रतिनिधिसभा सदस्य पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । जसमा एमाले, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाली कांग्रेस(बी.पी.), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र एक जना उम्मेदवार छन् ।

जसमा पुरुष उम्मेदवार सात र महिला उम्मेदवार पाँच छन् ।  यसैगरी समावेशी उम्मेदवारतर्फ ३३.३३ प्रतिशत खस आर्य, थारु २५ प्रतिशत र आदिवासी जनजाती ४१.६७ प्रतिशत छन् ।

यस क्षेत्रमा एक लाख ३४ हजार ७३३ मतदाता छन् । जसमा पुरुष ६७ हजार ६४१, महिला ६७ हजार ९१ जना र अन्यमा एकजना छन् । यसक्षेत्रमा मतदानस्थल ५१ र मतदान केन्द्र १५२ रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ५ : ४८ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप