कर्णालीमा २२ दलको धरौटी जफत | Khabarhub Khabarhub

कर्णालीमा २२ दलको धरौटी जफत


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ। निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२ दलहरुको धरौटी जफत भएको जनाएको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेशसभातर्फ बन्दसूची पेस गर्ने २८ दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

पत्रकार भेटघाटमार्फत शनिबार सहसचिव भट्टराईले निर्वाचन परिणाम प्रतिवेदनअनुसार कर्णाली प्रदेशसभातर्फ ४० जना निर्वाचित भएका छन्। यसमा पुरुष २५ जना (६२.५ प्रतिशत) र महिला १५ जना (३७.५ प्रतिशत) निर्वाचित बताए। उनका अनुसार कर्णाली प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए।

“प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय १३ पुरुष र तीन महिला गरी कुल एक सय १६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो”, उनले भने, “समानुपातिक निर्वाचन प्रणालीतर्फ भने कुल दुई सय जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो।” प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा चार लाख ९७ हजार नौ सय ८० महिला, पाँच लाख १० हजार चार २० पुरुष र अन्य तीन गरी कुल १० लाख आठ हजार चार सय तीन मतदाता कायम रहेको उनले बताए।

आयोगको प्रतिवेदनअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचनमा छ लाख १४ हजार सात सय १७ (६०.९६ प्रतिशत) मत खसेकामा पाँच लाख ८९ हजार चार सय ८४ (९५.९ प्रतिशत) मत सदर र २५ हजार दुई सय ३३ (४.१० प्रतिशत) मत बदर भएको छ। समानुपातिक निर्वाचनमा छ लाख १३ हजार पाँच सय नौ (६०.४ प्रतिशत) मतदान भएकामा पाँच लाख ७७ हजार आठ सय २९ (९४.१ प्रतिशत) मत सदर भएको छ। उक्त निर्वाचनमा ३५ हजार छ सय ८० (५.८२ प्रतिशत) मत बदर भएको आयोगले जनाएको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १.५ प्रतिशत थ्रेसहोल्ड कटाउने वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। जसअनुसार कर्णाली प्रदेशसभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्व भएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ राष्ट्रिय संस्थाका सात हजार पाँच सय ५३ र दुईवटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको जनाइएको छ। आयोगका अनुसार निर्वाचित प्रदेशसभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : १७ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का