निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा « Khabarhub

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इन्धन र मलको मूल्यवृद्धिबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग प्याकेज घोषणा गरेको छ । 

अमेरिकी कृषि मन्त्रालयका अनुसार डिजेलको बढ्दो खर्च व्यहोरेका किसानलाई आठ अर्ब डलर एकपटकका लागि भुक्तानी गरिनेछ । त्यस्तै, पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलर बराबरको ऋण प्रत्याभूति उपलब्ध गराइनेछ ।

मल उत्पादन, मासु प्रशोधन तथा विशेष बालीसम्बन्धी परियोजनाका लागि पनि सरकारले रकम छुट्याएको छ । यसअघि सन् २०२५ को बाली वर्षका लागि योग्य किसानलाई १३ अर्ब ८० करोड डलर भुक्तानी गर्ने योजना सार्वजनिक गरिएको थियो ।

तर कृषि व्यवस्थापन विशेषज्ञ ग्रेग इबेन्डहलले सरकारी सहयोगले किसानलाई तत्काल राहत दिए पनि उत्पादन लागत बढ्नुका दीर्घकालीन समस्या समाधान नगर्ने टिप्पणी गरेका छन् ।

मल र इन्धनको मूल्यवृद्धिसँगै चीनसँगको व्यापार तनावका कारण अमेरिकी किसानको आम्दानी प्रभावित भएको छ । अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार डिजेलको औसत मूल्य प्रतिग्यालन ६.३२ डलर पुगेको छ, जुन एक वर्षअघिको तुलनामा ७० प्रतिशत बढी हो ।

किसान र ग्रामीण क्षेत्रका मतदाता ट्रम्पका महत्त्वपूर्ण समर्थक मानिए पनि उनका केही नीतिप्रति असन्तुष्टि बढिरहेको विश्लेषकहरूको भनाइ छ । राहत घोषणाका बाबजुद जीवनयापन खर्च र स्वास्थ्य सेवाको विषय मतदाताका लागि महत्त्वपूर्ण बनेको छ ।

मध्यावधि निर्वाचनको दुई दिनअघि ट्रम्पले किसान तथा ग्रामीण मतदातालाई लक्षित गर्दै आयोवा र कन्सासको भ्रमणसमेत गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  २ : २२ बजे

दक्षिण कोरियाको एआईमा १६ अर्ब डलर लगानी

सियोल– दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता(एआई) र सेमिकन्डक्टर

कांग्रेसविरुद्धका आरोप निराधार रहेको गगनको सचिवालयको दाबी, सरकारले विषयान्तर गरेको आरोप

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक

चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको ट्रम्पको आरोप, आफूहरू अझ सक्षम रहेको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकामाथि जासुसी

हानि तथा नोक्सानी कोषको २० मिलियन डलर : नमुना परियोजना बनाउने सरकारको तयारी

काठमाडौँ – जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई लक्षित गर्दै नेपाल सरकारले

तस्बिरमा कर्णालीको ब्याटिङ, काठमाडौँको बलिङ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा