'निष्पक्ष चुनाव नभए पाकिस्तान डुब्छ' | Khabarhub Khabarhub

‘निष्पक्ष चुनाव नभए पाकिस्तान डुब्छ’


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तेहरान – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देश डुब्न लागेको टिप्पणी गरेका छन्।

पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)को सरकारहरूले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्न डिसेम्बर २३ मा आफ्ना विधानसभाहरू भंग गर्ने बताइरहेका  बेला पूर्वप्रधानमन्त्री खानले देश डुब्न लागेको चेतावनी दिएका हुन् ।

‘जबसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुँदैन, हामी सबैलाई देश (पाकिस्तान) डुब्ने डर छ’, पीटीआईका अध्यक्ष खानले पञ्जाबका मुख्यमन्त्री परवेज इलाही र खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानसँगको भिडियो सम्बोधनमा भने ।

खानले स्वतन्त्र र निष्पक्ष निर्वाचन नै पाकिस्तानको समस्याको एकमात्र समाधान भएको बताए । सरकार हार्ने डरले नयाँ चुनावबाट ‘डराएको’ उनले आरोप लगाए।

उनले भने, ‘दुवै सभा विघटन गरेपछि प्रदेशमा चुनाव गराउँछौँ । नेसनल एसेम्ब्लीमा हाम्रा सदस्यहरूको राजीनामा स्वीकृत भएको छैन सभामुखलाई राजीनामा स्वीकृत गर्न आग्रह गर्नेछौँ,’ उनले भने ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : ५२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका