आन्दोलन पछि महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक  « Khabarhub

आन्दोलन पछि महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक 


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए। पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे। विद्यालयअगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए।

‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन गर्‍यौँ,’ कक्षा–९ मा अध्ययनरत दीपककुमार महतोले भने।विद्यार्थीको आन्दोलनपछि गौशाला नगरपालिका प्रमुख डा. दीपेन्द्र महतोले रातारात शिक्षक नियुक्ति गरेर नवराजपुरस्थित श्री माध्यमिक विद्यालयमा पठाए।

‘लोकतन्त्रमा आफ्नो अधिकारको लागि आन्दोलनसमेत गर्न सकिन्छ भन्ने थाहा थियो। तर, माग पूरा हुन्छ भन्ने विश्वास थिएन। आन्दोलनको यत्रो शक्ति हुन्छ भन्ने बल्ल थाहा पायौं,’  महतोले थपे।

शिक्षकको अभावमा पठनपाठनमा समस्या थियो। अतिरिक्त कक्षा नलिए परीक्षासम्म कोर्स सकिने अवस्था नरहेको विद्यार्थीहरू बताउँछन्। विषयगत शिक्षक आएसँगै पठनपाठनले गति लिएको छ।

कक्षा–१० मा अध्ययनरत अनिलकुमार महतो पाँच महिनादेखि अध्यापन नै नभएका विषयहरू अहिले पढाउन थालिएको बताउँछन्। ‘शैक्षिकसत्रको सुरुवातदेखि पढाइ नभएपछि विद्यालय प्रशासन र नगर शिक्षा शाखाको ध्यानाकर्षण गरायौँ। तर, सुनुवाइ भएन,’ उनले भने, त्यसपछि विद्यार्थी प्रदर्शनमा उत्रिएपछि नगरपालिकाले विषयगत शिक्षक पठाएको छ। अहिले पढाइ भइरहेको छ।’

गणित, सामाजिक, विज्ञानजस्ता विषयहरू नै पढाइ नभएपछि यस विद्यालयमा अध्ययनरत कक्षा–८, ९ र १० का विद्यार्थीहरू विशेषगरी मर्कामा परेका थिए।

यस विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। शैक्षिक प्रावधानअनुसार ५० विद्यार्थी बराबर एक शिक्षक आवश्यक पर्छ। तर, यहाँ जम्मा ५ जना मात्र शिक्षक थिए।विद्यार्थीहरूको दवावपछी अहिले चारजना शिक्षक थपिएका छन्।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १२ : ३० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष