चीनसँग द्वन्द्व चाहन्नौँ : अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक किर्बी « Khabarhub

चीनसँग द्वन्द्व चाहन्नौँ : अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक किर्बी


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताएका छन् ।

किर्बीले अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका (भीओए) लाई दिएको अन्तर्वार्तामा भने, “चीनले पनि विश्वको सुरक्षा वातावरणमा परिवर्तन ल्याउँदै आएको छ । आजभोलि, हामीले चीनलाई रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्छौं भन्ने चर्चा सुनिन्छ तर हामी चीनसँग द्वन्द्व होस्र भन्ने चाहँदैनौं ।”

वासिङ्टन र बेइजिङबीचको प्रतिस्पर्धालाई व्यवस्थित गर्न अमेरिकी विदेश मन्त्रालयले नयाँ अफिस अफ चाइना कोअर्डिनेसन स्थापनापछि ह्वाइट हाउसका अधिकारीले चीनबारे यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले अनौपचारिक रूपमा चाइना हाउसको नामले चिनिने अफिस अफ चाइना कोअर्डिनेसन नामक नयाँ कार्यालयको उद्घाटनको अध्यक्षता गरेका थिए ।

चाइना हाउसले अमेरिकी सरकारले जनगणतन्त्र चीनसँग हाम्रो प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र खुला, समावेशी अन्तर्राष्ट्रिय प्रणालीको लागि हाम्रो दृष्टिकोणलाई अगाडि बढाउन सक्षम रहेको सुनिश्चित गर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चाइना हाउसले सुरक्षा, आर्थिक, प्राविधिक, कूटनीतिक र रणनीतिक मुद्दाहरूमा काम गर्न विदेश विभागभरिका चिनियाँ विशेषज्ञहरूको एक समूहलाई एकसाथ भेला गर्नेछ ।’’

सुधारिएको समन्वयले विदेश मन्त्रालयको नीतिलाई अझ सुसङ्गत बनाउने र अमेरिकालाई सहयोगी र साझेदारहरूसँग अझ गहिरो रूपमा संलग्न हुन अझ राम्रो स्थितिमा पु¥याउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाइडेन प्रशासनले जनगणतन्त्र चीनसँग रणनीतिक प्रतिस्पर्धाको अवस्था र दायरालाई अमेरिकाले मान्यता दिएकाले चाइना हाउस सुरु गरेको बताएका थिए ।

“चाइना हाउस विदेशमन्त्री ब्लिन्केनको आधुनिकीकरणको एजेन्डाको प्रमुख हिस्सा हा र यसले हाम्रा कूटनीतिज्ञहरूलाई २१ औं शताब्दीका चुनौतीहरूको सामना गर्न मद्दत गर्नेछ,” उनले भने ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १ : ४० बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय