साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुन्छ : कमल थापा « Khabarhub

साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुन्छ : कमल थापा


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन् ।

राप्रपा नेपाल काठमाडौं जिल्लाले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले विद्यमान राजनीतिक संरचनाभित्र रहेका त्रुटिहरुका कारण आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधिसभा दुई अढाई वर्षभित्रै दुर्घटनामा पर्न सक्ने खतरा रहेको बताए ।

निर्वाचनमा निराशाजनक परिणामका बाबजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टड्कारो रुपमा रहेको उनको भनाइ थियो ।

थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने भन्दै त्यही नै राष्ट्रनिर्माणको उपयुक्त बाटो रहेको भन्ने राप्रपा नेपालको मान्यताको सर्वकालिक महत्व रहेको दाबी गरे ।

उनले राप्रपा नेपाल केवल एउटा चुनावका लागि खडा भएको चुनाव परिचालन समिति नभएको दाबी गर्दै राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति भएको बताए ।

निर्वाचन अत्यन्त महंगो भएको तथा चुनावमा देखिएका विकृति र विसंगतिका कारण संसदीय व्यवस्थाप्रति नै वितृष्णा बढेको चर्चा गर्दै थापाले देशमा धर्मपरिवर्तनको डढेलो डरलाग्दो रूपमा बढिरहेको अवस्थामा यसपटकको निर्वाचन परिणामबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षाको पक्षमा आवाज कमजोर हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गरे।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : २२ बजे

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस

युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने

काठमाडौं– घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

कोलम्बो– सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह

नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी 

काठमाडौं– चिकित्सकहरूको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त