साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुन्छ : कमल थापा « Khabarhub

साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुन्छ : कमल थापा


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन् ।

राप्रपा नेपाल काठमाडौं जिल्लाले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले विद्यमान राजनीतिक संरचनाभित्र रहेका त्रुटिहरुका कारण आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधिसभा दुई अढाई वर्षभित्रै दुर्घटनामा पर्न सक्ने खतरा रहेको बताए ।

निर्वाचनमा निराशाजनक परिणामका बाबजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टड्कारो रुपमा रहेको उनको भनाइ थियो ।

थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने भन्दै त्यही नै राष्ट्रनिर्माणको उपयुक्त बाटो रहेको भन्ने राप्रपा नेपालको मान्यताको सर्वकालिक महत्व रहेको दाबी गरे ।

उनले राप्रपा नेपाल केवल एउटा चुनावका लागि खडा भएको चुनाव परिचालन समिति नभएको दाबी गर्दै राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति भएको बताए ।

निर्वाचन अत्यन्त महंगो भएको तथा चुनावमा देखिएका विकृति र विसंगतिका कारण संसदीय व्यवस्थाप्रति नै वितृष्णा बढेको चर्चा गर्दै थापाले देशमा धर्मपरिवर्तनको डढेलो डरलाग्दो रूपमा बढिरहेको अवस्थामा यसपटकको निर्वाचन परिणामबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षाको पक्षमा आवाज कमजोर हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गरे।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : २२ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको