जाजरकोटमा १२-१७ वर्षका सबैले मोडर्नाको पहिलो मात्रा लगाए « Khabarhub

जाजरकोटमा १२-१७ वर्षका सबैले मोडर्नाको पहिलो मात्रा लगाए


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटमा १२ देखि १७ वर्षका २३ हजार २० बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ ।

१२ पुसदेखि सञ्चालन भएको खोप अभियान जिल्लाका सात वटा स्थानीय तहका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाले बताए ।

उनका अनुसार १२ देखि १७ वर्ष उमेरका शतप्रतिशत बालबालिकालाई खोप लगाइएको हो । बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिवालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ र नलगाडमा ३ हजार ६ सय ५१ लाई खोप लगाइएको हो ।

जाजरकोटमा बालबालिकासँगै अन्य उमेर समूहका लागि पनि खोप अभियान सञ्चालनमा छ । हालसम्म ८६ हजार २ सय ४४ जनालाई पहिलो र ६५ हजार ४ सय ७२ लाई दोस्रो मात्रा खोप लगाइको बुढाले जानकारी दिए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ९ : १७ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको