भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी | Khabarhub Khabarhub

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश जारी गरेका हुन् ।

आदेश नमान्ने र त्यसको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने छ । माघ मसान्तसम्म सभा, भेलाजस्ता भीडभाड हुने कार्यक्रम नगर्न, मठमन्दिर तथा धार्मिकस्थलमा नित्य पूजामात्रै सञ्चालन गर्न, यही माघ १५ गतेसम्म शैक्षिक संस्था भौतिकरूपमा सञ्चालन गर्न नपाइने, पठनपाठन भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाएर गर्नेलगायत बुँदा सो आदेशमा समाहित गरिएको छ ।

यस्तै माघ ७ गतेदेखि जिल्लाका सबै सार्वजनिक निकायमा सेवा लिन खोपको पूर्ण मात्रा लगाएको कार्ड देखाउनुपर्ने, सपिङ मललगायतमा भौतिक दूरी कायम गरी एक पटकमा २५ भन्दा बढी प्रवेश गर्न नपाइने, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसललगायत माघ १५ गतेसम्म बन्द गर्नुपर्ने आदेश जारी गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १० : ३० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी