लमजुङमा वन डढेलोका घटना बढ्दो | Khabarhub Khabarhub

लमजुङमा वन डढेलोका घटना बढ्दो


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा बर्सेनि वन डढेलोका घटना बढ्दै गएको छ । ०६८ देखि ०७७ सम्मको अवस्था विश्लेषण गर्दा बर्सेनि जिल्लामा वन डढेलोका घटना बढ्दै गएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ ।

यस अवधिमा सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका क्षेत्रका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख एवं डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले बताए ।

विशेषगरी भिरालो जमिनमा रहेका सल्ला भएका वन, मान्छेको पहुँच नभएको वनमा बढी डढेलो लाग्ने गरेको उनको भनाइ छ । वन डढेलो रोकथाम र नियन्त्रणका लागि समुदाय, पालिका, मिडिया लगायत सरोकारवाला सबै पक्ष हातेमालो गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

जिल्लामा तीन सय ३९ सामुदायिक वन, एक सय ७३ कवुलियती वन र एक धार्मिक वन गरी पाँच सय १३ वन रहेका डिभिजन वन कार्यालय लमजुङका सहायक वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालले बताए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : १५ बजे

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको