लमजुङमा वन डढेलोका घटना बढ्दो « Khabarhub

लमजुङमा वन डढेलोका घटना बढ्दो


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा बर्सेनि वन डढेलोका घटना बढ्दै गएको छ । ०६८ देखि ०७७ सम्मको अवस्था विश्लेषण गर्दा बर्सेनि जिल्लामा वन डढेलोका घटना बढ्दै गएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ ।

यस अवधिमा सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका क्षेत्रका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख एवं डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले बताए ।

विशेषगरी भिरालो जमिनमा रहेका सल्ला भएका वन, मान्छेको पहुँच नभएको वनमा बढी डढेलो लाग्ने गरेको उनको भनाइ छ । वन डढेलो रोकथाम र नियन्त्रणका लागि समुदाय, पालिका, मिडिया लगायत सरोकारवाला सबै पक्ष हातेमालो गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

जिल्लामा तीन सय ३९ सामुदायिक वन, एक सय ७३ कवुलियती वन र एक धार्मिक वन गरी पाँच सय १३ वन रहेका डिभिजन वन कार्यालय लमजुङका सहायक वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालले बताए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : १५ बजे

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी