यी हुन्–चिसोबाट बच्न जाडोयाममा अपनाउनुपर्ने उपायहरुः « Khabarhub

यी हुन्–चिसोबाट बच्न जाडोयाममा अपनाउनुपर्ने उपायहरुः


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडोयाममा दिउँसो मौसम ठीकै भए पनि बिहान र साँझ भने अत्यधिक चिसो हुने गरेको छ । जोडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी समेत हुने गरेका छन् । चिसोमा धेरै मानिसलाई रुघाखोकीसँगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ । यो मौसममा विशेषगरी साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । यस्तोमा चिसोबाट बच्न विभिन्न सावधानी अपनाउन आवश्यक हुन्छ ।

यस्तो छ चिसोबाट बच्न अपनाउनुपर्ने उपायहरुः
–चिसोबाट बच्न शरीरलाई धेरैभन्दा धेरै ऊर्जा दिने खानेकुरा सेवन गर्नुपर्छ ।
–यो मौसममा दूध र दूधजन्य पदार्थ लगायत प्रोटिनयुक्त खानेकुरा खानु लाभदायी हुन्छ ।
–जाडोमा चिया, दाल र तरकारीमा समेत अदुवा हालेर सेवन गरे उत्तम हुन्छ ।
–यो मौसममा शरीरलाई सधैँ न्यानो बनाएर राख्नुपर्दछ ।
–चिसोमा बाहिर हिँड्दा बाक्लो कपडा लगाउनुपर्छ ।
–सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउनुपर्छ ।
–दैनिक समय सकेसम्म एकपटक घाममा बस्दा शरीरले राम्ररी भिटामिन ‘डि’ पाउँछ ।
–बढी जाडो भएमा शरीरमा तोरी, जैतुन र तिलको तेलले मालिस गर्न सकिन्छ ।
–महमा प्रशस्त आइरन पाइने भएकाले चिसोमा यसको सेवन गर्नु उत्तम मानिन्छ ।
–महलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि समेत महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ११ : २९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन