यी हुन्–चिसोबाट बच्न जाडोयाममा अपनाउनुपर्ने उपायहरुः « Khabarhub

यी हुन्–चिसोबाट बच्न जाडोयाममा अपनाउनुपर्ने उपायहरुः


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडोयाममा दिउँसो मौसम ठीकै भए पनि बिहान र साँझ भने अत्यधिक चिसो हुने गरेको छ । जोडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी समेत हुने गरेका छन् । चिसोमा धेरै मानिसलाई रुघाखोकीसँगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ । यो मौसममा विशेषगरी साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । यस्तोमा चिसोबाट बच्न विभिन्न सावधानी अपनाउन आवश्यक हुन्छ ।

यस्तो छ चिसोबाट बच्न अपनाउनुपर्ने उपायहरुः
चिसोबाट बच्न शरीरलाई धेरैभन्दा धेरै ऊर्जा दिने खानेकुरा सेवन गर्नुपर्छ ।
यो मौसममा दूध र दूधजन्य पदार्थ लगायत प्रोटिनयुक्त खानेकुरा खानु लाभदायी हुन्छ ।
जाडोमा चिया, दाल र तरकारीमा समेत अदुवा हालेर सेवन गरे उत्तम हुन्छ ।
यो मौसममा शरीरलाई सधैँ न्यानो बनाएर राख्नुपर्दछ ।
चिसोमा बाहिर हिँड्दा बाक्लो कपडा लगाउनुपर्छ ।
सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउनुपर्छ ।
दैनिक समय सकेसम्म एकपटक घाममा बस्दा शरीरले राम्ररी भिटामिन ‘डि’ पाउँछ ।
बढी जाडो भएमा शरीरमा तोरी, जैतुन र तिलको तेलले मालिस गर्न सकिन्छ ।
महमा प्रशस्त आइरन पाइने भएकाले चिसोमा यसको सेवन गर्नु उत्तम मानिन्छ ।
महलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि समेत महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ११ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै