अछाममा थप सात हजार ४०७ जना मतदाता थपिए « Khabarhub

अछाममा थप सात हजार ४०७ जना मतदाता थपिए


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा थप सात हजार ४०७ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयको साउनदेखि पुस मसान्तसम्म गरिएको नामावली संकलन कार्यक्रम अन्तर्गत उक्त संख्यामा मतदाता थपिएका हुन् । अब पुस मसान्तसम्म जिल्लामा नयाँ र पुराना गरी एक लाख ५७ हजार १७ पुगेको छ । जसमा महिला ८० हजार ६८५ र पुरुष ७६ हजार ३३० रहेका छन् । यसअघि अछाममा एक लाख ४९ हजार ६१० मतदाता रहेको थिए ।

साउनदेखि पुस मसान्त नियमिततर्फ चार हजार ४६२ र विशेष कार्यक्रमतर्फ दुई हजार ९४५ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालमा ३६०, जिल्ला प्रशासन कार्यालयमा तीन हजार ६११ र ईलाका प्रशासन कार्यालय विनायकमा ४८२ जनाले नामावली दर्ता गराएका छन् ।

यस्तै जिल्ला निर्वाचन कार्यालय, अछामले मंसिर दोस्रो साताबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन कार्यालय अछामले १७ – २६ मंसिरसम्म पाँचवटा पालिका र २८ मंसिरदेखि ८ पुससम्म चारवटा पालिका गरी जम्मा नौ वटा पालिकाहरूमा दुई चरणमा टोलीमार्फत नामावली संकलन गरिएको थियो । मंगलसैन नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गरिएको थियो । विशेष कार्यक्रमतर्फ पन्चदेवल विनायक नगरपालिकामा ९८७ र सबैभन्दा कम तुर्माखाँद गाउँपालिकामा ११६ मतदाता थपिएका हुन् ।

साँफेबगर नगरपालिकामा ४१२, रामारोशन गाउँपालिमा ३०४, चौरपाटी गाउँपालिकामा २४१, मेल्लेख गाउँपालिकामा २२८ र बान्नीगढी जयगढ गाउँपालिकमा २५३ मतदाता थपिएका हुन् ।

यस्तै कमलजबार नगरपालिकामा २४९ र ढकारी गाउँपालिकामा १५५ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १० : ५९ बजे

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको